खोप लगाउने देशमा चीन पहिलो, भारत तेस्रो, नेपाल ५१ औं स्थानमा

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यमा विकशित देशहरुले तीव्र प्रगति गरिरहेका छन् ।

गरिव मुलुकहरु केही लाख डोज खोपका लागि तडपिइरहेका बेला खोप विकाश र उत्पादनमा पकड भएका मुलुकहरुले आफ्ना नागरिकको ठूलो हिस्सालाई खोप लगाइसकेका छन् ।

बुधबारसम्म विश्वभर झण्डै १ अर्ब ७० करोड डोज खोप लगाइएकोमा त्यसको ६० प्रतिशत खपत मुख्य तीन मुलुकहरु चीन, अमेरिका र भारतले गरेका छन् ।

खोप कार्यको तथ्याङ्क राखिरहेको आवर वर्ल्ड इन डाटाका अनुसार यो दौडमा चीन सबैभन्दा अगाडि छ । बुधबारसम्म चीनले झण्डै ५६ करोड डोज खोप लगाइसकेको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स अनलाइनका अनुसार चीनले पछिल्ला केही दिनयता हरेक दिन २ करोड डोज खोप लगाइरहेको छ ।

दोस्रो नम्बरमा रहेको अमेरिकाले झण्डै २८ करोड डोज खोप लगाइसकेको छ भने भारतले २० करोड डोज खोप लगाएर तेस्रो स्थानमा पुगेको छ ।

यसैगरी ब्राजिलले ६ करोड ४० लाख, बेलायतले ६ करोड २० लाख, जर्मनीले ४ करोड ७० लाख, फ्रान्सले ३ करोड ३० लाख र इटलीले ३ करोड २० लाख डोज खोप लगाइसकेका छन् ।

नेपालको स्थान ५१ औं नम्बरमा

अहिलेसम्म २७ लाख डोज खोप लगाइसकेको नेपाल यो सूचीको ५१ औं स्थानमा रहेको छ । भारतले सहयोग दिएको १० लाख डोज, सेरमसँग किनेको १० लाख डोज र चीनले अनुदान दिएको ८ लाख डोज खोप नेपाल आएको छ । चीनले थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ । नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो ।

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…