चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान हुने, नेपाल आउन यस्ता सर्त

सरकारले यही जेठ १८ देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले सेतोपाटीलाई जानकारी दिए। आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन।

हाल नियमित उडान बन्द हुँदा चार्टर उडान मात्र हुँदै आएको छ। तर, चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेपछि यी तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरिएको मन्त्री ढकालले बताए।

उनका अनुसार चीनको कुनै पनि स्थान, कतारको दोहा र टर्कीको इस्तानबुलमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो।

नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन्। दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ।

कसैले एउटा मात्र खोप लगाएको छ र उनको कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्नेछ। यस्तो क्वारेन्टाइन खर्च यात्रु आफैंले बेहोर्नुपर्नेछ।

एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। खर्च उसको आफ्नै हुन्छ।

सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० देखि आन्तरिक उडानमा रोक लगाएको थियो। त्यसपछि वैशाख २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकतर्फका अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको थियो।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…