आफ्नो कदमको बचाउ गर्न नसकेको भन्दै मन्त्रीहरुसँग प्रधानमन्त्री ओली ‘फायर’

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग रुष्ट बनेका छन् । सरकारको कामको प्रचार सही तवरले गर्न नसकेको र आफूले पछिल्लो समय चालेको कदमको बचाउ गर्न नसकेकोमा प्रधानमन्त्री ओली आफ्नै क्याविनेटका मन्त्रीहरुसँग रुष्ट रहेको पाईएको छ ।

पछिल्लो समय आफूले बाध्य भएर संवैधानिक रुपमै प्रतिनिधिसभाको विघटन गरेर चुनावको नयाँ मिति घोषणा गरेको तर आफ्नै मन्त्रीहरुले उक्त निर्णयको बचाउ गर्न त्यतिा ध्यान नदिएको उनको गुनासो छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरिसकेको अवस्थामा अब सरकारको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित गर्दै चुनावको तयारीमा जुट्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।

तर, संसद् विघटन र चुनावको मिति घोषणा गरेको कदमको अहिले चौतर्फी प्रहार र आलोचना भैरहेको छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेबाट निश्काषनमा परेका माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाले गठबन्धन बनाएर नै प्रधानमन्त्रीको उक्त कदमको विरोध गरिरहेका छन् ।

उनीहरुले संसद् विघटनविरुद्ध कानूनी र राजनैतिक लडाई पनि सुरु गरेका छन् । सर्वोच्च अदालतमा १४६ जना सांसद शरिर उपस्थित् भएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरियोस भनेर परमादेशको पनि माग गरेका छन् । नागरिक समाज, बुद्धिजिवी, कानूनविद्, संविधानविद् सबैले प्रधानमन्त्रीको कदमको सार्वजनिक रुपमै आलोचना गरेका छन् । मूलधारका मिडियाले पनि प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

आफ्नो कदमलाई लिएर यत्रो प्रहार र विरोध हुँदापनि मन्त्रीहरुले त्यसको प्रतिवाद गर्न नसकेको ओलीको बुझाई छ । संसद् विघटन गर्ने कदमको मात्रै सरकारले गरेका विकाससम्बन्धी राम्रा कामको समेत मन्त्रीहरुले प्रचार गर्न नसकेको प्रधानमन्त्रीको बुझाई छ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…