राजेन्द्र महतो गृहमन्त्री बन्नसक्ने, जसपालाई ७ मन्त्रालय पक्का

काठमाडौं, १३ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा कम्तिमा ७ मन्त्रालयसहित सरकारमा जाने निश्चितप्रायः भएको हो ।

जसपाले चुनावी सरकारमा जान उपप्रधान तथा गृहमन्त्रालयसहित १० वटा मन्त्रालयको माग राखेको छ । त्यसबारे अझै छलफल चलिरहेको ठाकुरनिकट एक नेताले रिपोर्टर्स नेपाललाई बताए ।

मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि आगामी हप्तामै जसपा सरकारमा जाने तयारी भएको छ । १५ जेठको बजेटपछि जसपाको सरकारमा सहभागिता हुने गरी तयारी भएको हो ।

जसपाबाट राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना रहेको छ । उनलाई उपप्रधान सहित गृहमन्त्री बनाएर लानेमा प्रधामन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको बुझिएको छ ।

मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चितप्रायः छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…