माधवकुमार नेपाल पक्षमा जानबाट रोक्न कार्यकर्ता फकाउँदै ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो तहका कार्यकर्तालाई माधवकुमार नेपाल पक्षमा जानबाट रोक्न पार्टी एकताको आह्वान गर्ने तयारी गरेका छन्। वरिष्ठ नेता नेपाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गरेको र अन्य १२ जनालाई स्पष्टीकरण सोधेको परिस्थितिमा ओलीले तल्लो तहका कार्यकर्तालाई लक्षित गरेर एकताको पक्षमा आह्वान गर्न लागेका हुन्।

पार्टी एकताका लागि नेता नेपालले राखेको बटमलाइन २०७५ जेठ २ कै अवस्थाबाट अघि बढ्ने भन्दै ओलीले कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्न लागेको बालुवाटार निकट स्रोतले बतायो। नेपाल पक्षले पार्टी विभाजन गरी नयाँ दल गठन गर्न लागेपछि कार्यकर्तालाई त्यतातिर जानबाट रोक्न ओलीले यस्तो रणनीति अवलम्बन गर्न लागेका हुन्। नेपालले यही कुरा राख्दा भने ओलीले सुनेनन्। उनलाई कारबाही गरेपछि मात्र ओलीले एकताको आह्वान गर्न लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूले पार्टी एकता प्रयासका लागि सबै पक्षलाई समेट्ने गरी वक्तव्य निकाल्नुहुनेछ। उहाँले पार्टी एकताका लागि २०७५ साल जेठ २ कै आसपासबाट सहमति खोज्ने र त्यहींबाट सबै कमिटी क्रियाशील बनाउने तयारी गर्नुभएको छ। नेपाल समूहले उठाएका मागसमेत सम्बोधन हुनेगरी पार्टी एकताको आह्वान गर्नुहुनेछ’, बालुवाटार निकट स्रोतले भन्यो। नेपाल पक्षले अर्को पार्टी गठन गरे यसअघि सो पक्षले बनाएका समानान्तर कमिटीमा रहेका धेरैजसो नेताकार्यकर्ताले एमाले छाड्ने अनुमान ओली पक्षको छ।

एमालेको आन्तरिक विवाद मिलाउन कार्यदल बनाएर काम थालेको अवस्थामा नेपाल समूहका सांसदले प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि ओलीले ११ सांसदलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका छन्। अन्य १२ सांसदलाई पनि कारबाही गर्न स्पष्टीकरण सोधेका छन्। यस्तो अवस्थामा नेपाल पक्षले नयाँ दल गठनको तयारी थालिसकेको छ।

नेपाल समूहले नयाँ दल गठन गर्ने तयारी गरेपछि कार्यकर्तालाई त्यता जानबाट रोक्न पार्टी एकताको आह्वान गर्न लागेका हुन्। ओली पक्षले नेपाल समूहका केन्द्रीय नेताहरूलाई पनि बोलाएर अलगअलग कुराकानी गरिहरहेको छ। ओलीले एक साताअघि विरोध खतिवडालगायतलाई बालुवाटारमै बोलाएर भेटघाट गरेका थिए। खतिवडाले नेता नेपालले राखेका माग जायज भएकाले पूरा गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले पछिल्लो पटक प्रतिनिधिसभा विघटन गरेपछि देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरिसकेका छन्।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…