राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उच्चस्तरीय प्रविधिबाट कोरोनाका बिरामीहरुको उपचार हुने

केशरमान बुढाथोकी

दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबको एक हप्ता भित्र उच्चस्तरीय प्रविधिबाट कोरोनाका बिरामीहरुको उपचार हुने भएको छ ।
प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीका अनुसार प्रतिष्ठानमा सेवा विस्तार गरेर अबको एक हप्ता भित्र आइसियु तयार हुनेभएको छ ।

कोरोनाको पहिलो लहर आएका बेला स्वाब परीक्षण गर्ने मेसिन आएपनि अन्य सबै सेवा साधारण नै थिए र हाल सम्म त्यहि साधारण अवस्थामै बिरामीहरुको उपचार भइरहेको छ ।

हाल कोरोनाको दोश्रो भेरियन आएपछि बिरामीहरुको मृत्युदर अत्याधिक बढेको र बिरामीहरु जति अस्पताल आउछन सबैलाई अक्सिजन लगाउनुपर्ने अवस्था आएकाले निकै ठुलो संकट परेको उपकुलपति भण्डारीले बताइन ।

यसको अन्त्यका लागि अब निकट भविष्यमै अत्याधुनिक सेवासुविधा थप गरेर स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।
प्रतिष्ठानमा बजेटको कुनै अभाव छैन उपकुलपति भण्डारीले हाल आएर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बजेटको कुनै अभाव नभएको बताइन ।
ुपहिले पहिले बजेट अभावले कुनै नयाँ काम गर्न सकिएन अहिले केन्द्र सरकार र प्रदेश सरकारले आवश्यक बजेटको व्यावस्थापन गरिदिएकाले बजेटमा समस्या छैन । तर आवस्यक प्रक्रिया पुरा गरेर समान खरिद र जडान गर्नुपर्ने भएकाले थोरै समय लागेको हो ।ु उपकुलपति भण्डारीको भनाइ रहेको थियो ।हाल ५५ बेडमा कोरोनाका बिरामीहरुको उपचार गरिरहेको प्रतिष्ठानले अबको १० दिन भित्र १०० बेडमा बिस्तार गर्न थालेको उपकुलपति भण्डारीले जानकारी दिइन ।

बेडको पनि क्षमता बिस्तार गरेर ५५ साधारण बेड रहेको प्रतिष्ठानमा अब १०० एचडीओ बेडमा स्तरउन्नति गरिने छ ।
हप्ता दिनमा आइसियुको ब्यबस्था

यसैगरी द्रुतगतिमा आफ्नो क्षमता बिस्तार गरिरहेको प्रतिष्ठानले अबको १ हप्तामा आइसीयु संचालनमा ल्याउन थालेको छ । हाल सम्म दाङमा आइसीयुको ब्याबस्था नभएको बेला प्रतिष्ठानमा २५ बेड आइसीयु संचालनमा आउँ थालेको हो ।

आइसीयु संचालनका लागि हाल बिज्ञद्वारा प्रतिष्ठानका चिकित्सकहरुलाई तालीम प्रदान गरिदैछ । प्रतिष्ठानका उपकुलपति डाक्टर भण्डारीका अनुसार तालीम सम्पन्न भए लगतै आइसीयु पनि संचालनमा आउने र कम्तिमा ३ महिना विज्ञ सहितको टोलीले आइसीयुमा काम गर्ने छन् ।
२५ बेड संचालन हुने आइसीयु तत्काल १५ बेड र केहि समय पछी १० बेड थपेर २५ बेड पुर्याइनेछ भने यसको क्षमता थप बिस्तार गर्दै लगिने छ ।

१० दिन भित्र प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबको १० दिन भित्र दुई वटा अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको छ । नेपाल सरकारल अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १२ करोड बजेट प्रदान गरेपछि प्रतिष्ठानले प्लान्टको खरिद प्रक्रिया पुरा गरेको हो ।

खरिद पछी ट्रान्सपोर्ट गर्न मात्र बाँकी भएकाले अबको १० दिन भित्र अक्सिजन प्लान्ट प्रतिष्ठानमै स्थापना गरिने उपकुलपति भण्डारीले बताइन ।
उनका अनुसार प्रतिष्ठानमा पाइपलाइन मार्फत प्रत्येक बेडमा पुर्याइने अक्सिजनका लागि पाइपलाइन बिस्तार लगायतका कामहरु सम्पन्न भैसकेको र अब प्लान्ट आउन बित्तिकै जडान गरिने छ ।

कम्तिमा २ सय क्षमता भएको दुई वटा अक्सिजन प्लान्ट प्रतिष्ठानमा जडान हुने र यसले कोरोनाका बिरामी उपचारमा निकै सहजता प्रदान गर्ने छ ।

अत्याधुनिक एमआरआई मेसिन पनि जडान तत्काल जडान गरिने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले अत्याधुनिक एमआरआई मेसिन पनि जडान गर्न थालेको छ ।

उपकुलपति भण्डारीका अनुसार नेपालभर टियु टिचिङ अस्पताल र पाटन अस्पताल पछी यो क्षमताको एमआरआई मेसिन पहिलोपटक राजधानी बाहिर दाङमा जडान गर्न लागिएको हो ।

एमआरआई मेसिन जडान गर्नका लागि सरकारले प्रतिष्ठानलाई १५ करोड बजेट प्रदान गरेपछि प्रतिष्ठानले यो जडानका लागि पहल गरेको हो ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…