नेपाललाई खोप दिन अमेरिकी र रसियन कम्पनी सकारात्मक

काठमाडौँ। सरकारले खोप खरिदका लागि प्रस्ताव गरेका तीन कम्पनीमध्ये दुईवटाले सकारात्मक जवाफ पठाएका छन् । स्वास्थ्य सेवा विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति पएका अमेरिकाको मोडेर्ना, जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीसँग खोप खरिदका लागि प्रस्ताव गरेको थियो ।

त्यसमध्ये अमेरिकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीले खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिकंरी बताउँछन् ।

उनका अनुसार यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको भन्दै आवश्यक छलफल गर्न तयार रहेको जवाफ दिएका छन् । त्यसैगरी अमेरिकाको मोडेर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ । तिंकरीले भने, ‘दुई कम्पनीले खोप खरीदको लागि छलफल गर्न प्रतिनिधि समेत पठाउने जवाफ दिएका छन् ।’

भारतको सेरम इन्ष्टिच्युटले कोभिसिल्ड खोप नदिएपछि नेपालले अरु कम्पनीसँग खोप खरिदका लागि प्रस्ताव गरेको थियो । दुई कम्पनीको सकारात्मक जवाफ आएपछि खोप खरिदमा आशा पलाएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए ।

उनका अनुसार आन्तरिक छलफलपछि यी २ कम्पनीलाई विभागले फेरि पत्राचार गर्नेछ । ‘खरिदको लागि हाम्रो सबै निकायबाट पहल भइरहेको छ, अबको केही दिनमा सकारात्मक नतिजा निस्कने विश्वास छ’ महानिर्देशक सिंहले भने ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…