चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

१२ जेठ,  काठमाडौँ । नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि लीले मण्डपको उद्घाटन गरेका हुन्।

एशियाको सबैभन्दा ठूलो रेलमार्ग बन्दरगाह परिसरमा परम्परागत नेपाली शैलीमा सजाइएको मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको हाम्रो पछिल्लो नयाँ नक्सासहित नेपालबारे चिनियाँ भाषामा परिचय दिइएको छ ।

नेपालको पर्यटन, कला, संस्कृति, जनजीवन तथा चीनसँगको राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा भएका आदानप्रदानसम्बन्धी फोटोले मण्डपका भित्ता सजाइएको जानकारी दिइएको छ ।

तेलचित्र, थाङ्का, काठ र धातुका मूर्ति, पश्मिना, नेपाली कागजका डायरी, गरगहनालगायतका हस्तकलाका सामग्री मण्डपको प्रदर्शनीस्थलमा रहेको छन्तुका लागि नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे बताए ।

काठ र ईँटाको मौलिक सजावट रहेको मण्डपमा चिया, खुकुरी रम, रुद्राक्ष, बोधिचित्तका मालालगायतका नेपाली उत्पादनको नमूनासमेत प्रस्तुत गरिएको छ । विशेषगरी नेपाली चियालाई चीनमै पनि बजारीकरण र खपतका लागि यस्ता प्रचारप्रसारबाट ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

बैठक, सभा र सम्मेलनका लागि पनि मण्डपमा स्थान छुट्याइएको नेपाल कल्चर एण्ड टुरिजम इन्भेस्टमेन्ट कम्पनीले जनाएको छ ।

सिछुवान प्रान्तको एक मात्र छन्तु अन्तर्राष्ट्रिय बन्दरगाह क्षेत्रमा एशिया–युरोप राष्ट्रिय पेभिलियन परियोजनाअन्तर्गत् नेपाली मण्डपको निर्माण गरिएको हो । बेइजिङस्थित नेपाली राजदूतावास र छन्तुस्थित महावाणिज्य दूतावाससँगको समन्वयमा नेपाली कम्पनीले नै मण्डप निर्माण गरेको हो ।

कम्पनीका अध्यक्ष ध्रुव पौडेलका अनुसार बेल्ट एण्ड रोड परियोजनाले समेटिएका एशिया तथा युरोपेली मुलुकसँग चीनलाई स्थल एवं समुद्रबाट जोड्ने रेलमार्ग बन्दरगाह क्षेत्रमा ३२ देशका पेभिलियन रहेका छन् । नेपाललाई चीन हुँदै एशिया तथा युरोपेली मुलुकसम्म प्रवद्र्धन गर्न नेपाल मण्डपले सम्बन्ध सेतुको काम गर्नेछ । हालसम्म नेपालसहित १८ मुलुकका पेभिलियन सञ्चालनमा आइसकेका छन् ।

नेपाली मण्डपको उद्घाटन समारोहमा छन्तुका लागि नेपाली महावाणिज्यदूत घिमिरे, सिछुवान प्रान्तको वैदेशिक मामिला कार्यालयका उपप्रमुख चाङ थाओलगायतका चिनियाँ अधिकारी र नेपाली समुदायको सहभागीता थियो ।-रासस/तस्वीर सौजन्य : दिकेश महर्जन

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…