सलहको झुन्ड इरान हुँदै भारत पुग्यो, तर नेपालमा नियन्त्रणको कुनै योजना छैन

काठमाडौं । पाकिस्तानबाट भारत भित्रिने सहल नेपाल पनि आउने सम्भावना छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन । संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) ले गत १७ मेमा सूचना जारी गर्दै दक्षिण–पश्चिम इरानमा सलहका केही झुन्ड रहेको जनाएको थियो । उक्त झुन्ड पूर्वी पाकिस्तान आउने सम्भावना रहेको उल्लेख गरेको थियो । सोही झुन्ड पाकिस्तान हुँदै भारतको उत्तर प्रदेश प्रवेश गरेको हिन्दुस्तानले लेखेको छ ।

गत वर्ष पनि अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै सलह भारत आइपुगेको थियो । उक्त सलह नेपाल पनि छिरेको थियो । भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीमा छिरेको सलहले नेपालका केही जिल्लामा आतंक मच्चाएको थियो । अहिले उत्तर प्रदेशमा देखिएको सलहको झुन्ड नेपाल भित्रिने सम्भावना कति छ रु कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे भन्छन्, ‘सलह उडेर आउने हुँदा नेपाल छिर्ने सम्भावना हुन्छ । क्षति सकेसम्म कम गराउन उच्च सतर्कता अपनाउने हो ।’

मन्त्रालयका अनुसार केही जिल्लामा मकैमा अमेरिकी फौजी कीरा देखिइसकेको छ । कीराले कुनै क्षेत्रलाई जीवनचक्र बनाएको प्रवक्ता घिमिरे बताउँछन् । ‘कीराले वर्षैपिच्छे आक्रान्त बनाएको छ । अमेरिकी फौजी कीरा मकैमा देखिइसकेको छ,’ उनले भने, ‘भारतमा सलह देखिएपछि बाली संरक्षणसँग काम गर्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सतर्कतासाथ काम गरिरहेको छ । जिल्लामा रहेका प्राविधिकलाई सल्लाहसुझाव दिइएको छ ।’

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदी भने भारतमा देखिएको सलह नेपाल भित्रिने सम्भावना कम रहेको दाबी गर्छन् । गत वर्ष ५०र६० झुन्डमा सलह थियो । एउटै झुन्डमा करोडौंको संख्यामा सलह देखिएको थियो । विगतमा इरान र पाकिस्तानबाट पनि आएर भारतमा थुप्रिएको थियो । त्यही भएर झुन्ड ठूलो भएको थियो ।

त्यहाँ बस्न नसक्ने भएपछि सहलको झुन्ड फैलिँदै नेपाल आइपुगेको थियो । तर अहिले राजस्थानमा दुईरचार झुन्ड मात्रै देखिएको प्रवक्ता सुवेदीको भनाइ छ । ‘सीमा क्षेत्रमा भएकाले पाकिस्तानबाट सलह रेगिस्तान आउन सक्छ । गत वर्ष जुन गतिमा सलह उत्पादन भएको थियो, यसपालि त्यति छैन,’ उनले भने, ‘भारतमा पनि भयावह भएको छैन ।

यहाँसम्म सायद नआउला ।’ सलह प्रायः गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । राजस्थानमा बढी मरुभूमि रहेकाले सलहले त्यहाँ ब्रिडिङ धेरै गर्छ । राजस्थानकै कारण भारतमा हरेक वर्ष सलह देखिने गरेको छ । तर पाकिस्तान, अफ्रिका र इरानको मरुभूमिमा सलह उत्पादन भएर झुन्ड भारततर्फ आए मात्रै नेपालमा आउने सम्भावना हुने केन्द्रले जनाएको छ ।

‘हामी विभिन्न निकायसँग निरन्तर सम्पर्कमा छौं । एकएक साताको मौसमको अवस्थाबारे जानकारी लिइरहेका छौं । मौसम हेरेर सजगता अपनाउने हो,’ प्रवक्ता सुवेदीले भने, ‘अहिलेको मौसमले सलह नेपालमा आएर दुःख दिन सक्ने अवस्था कम छ ।’ भारतीय सञ्चारमाध्यमले भने पाकिस्तान हुँदै सलह राजस्थान र उत्तर प्रदेशसम्म पुगेको जनाएका छन् । केन्द्रकै भनाइ मान्ने हो भने पाकिस्तानबाट भारत भित्रिने सलह नेपालमा पनि आउने सम्भावना पनि देखिन्छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन ।

गत वर्ष पनि समयमै सावधानी अपनाउँदा असार १३ मा नेपाल छिरेको सलह तराई, पहाडदेखि हिमालसम्म करिब ५२ जिल्लामा पुगेको थियो । सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको थियो । ती क्षेत्रमा मकै, तरकारी, फलफूल र भटमास बाली गरी करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ । विभिन्न क्षेत्रमा भएको बर्खाका कारण ठूलो क्षति भने भएन । सलह गर्मीरउज्यालोमा मात्रै सक्रिया हुने हुँदा खेतीबालीमा धेरै क्षति नभएको केन्द्रको तथ्यांक छ । कान्तिपुर दैनिकमा खबर छ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…