महन्थले उपेन्द्रलाई सोधे- ओलीलाई समर्थन गर्नु पर्नेमा देउवालाई किन?

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनभित्र बुझाउने गरी मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका छन्।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा किन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेको भन्नेलगायत विषयमा यादवबाट ठाकुरले जवाफ माग गरेका छन्।

‘तपाईंले जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति जेठ ८ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयो?,’ स्पष्टीकरण सोधिएको पत्रको ६ नम्बर बुँदामा यो प्रश्न छ।

यस्तै सर्वोच्च अदालतमा पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनसँग मिलेर किन रिट दिएको भन्ने प्रश्न पनि ठाकुरले यादवसँग सोधेका छन्।

‘तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्न भयो?,’ यादवलाई सोधेको स्पष्टीकरणमा उल्लेख छ।

साथै पार्टी एकतादेखि नै समायोजनमा यादवले रूची नदेखाएको र गुट भेला गरेको आरोप ठाकुरले लगाएका छन्।

आफूलाई जानकारी नदिई केन्द्रीय कार्यकारिणी समिति बैठक राखेर लुम्बिनी प्रदेशका चार जना सदस्यलाई किन निस्कासन गरेको भन्ने प्रश्न पनि ठाकुरले यादवलाई सोधेका छन्।

गत जेठ ७ मा सर्कुलर गरेर जेठ ८ र ९ मा केन्द्रीय कार्यकारिणी बैठक नबस्ने भने पनि किन बैठक गरेको भन्ने प्रश्न पनि ठाकुरको छ।

‘तपाईंले मिति जेठ ७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड-१९ को महामारीको बढ्दो संक्रमणले जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई एकल अध्यक्षता गरि पार्टी हित विपरित निर्णहरु गर्नु भयो?,’ स्पष्टीकरणमा सोधिएको छ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…