दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ।

सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।

यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सेतोपाटीलाई जानकारी दिए।

‘एक हप्ताको लागि हामीले कडाइको साथ निषेधाज्ञा जारी गर्ने निर्णय गर्‍यौं। दाल, चामल, चिनीको आवश्यकता पर्छ भनेर हामीले एक हप्तामात्रै थपेका हौं,’ सहायक सिडिओ बस्नेतले भने,’एक हप्तासम्म मानिसहरूले स्टोर गर्न सकिने भएर यस्तो गर्‍यौं। स्टकमा पुग्ने गरी राख्नपर्‍यो।’

दिनदिनै मानिसहरूले दाल चामल किन्न जाने भनेर भीडभाड गरेको हुँदा एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको उनले बताए।

१२ दिन अगाडि थपेको निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिँदैछ। शुक्रबार १ बजेदेखि थप एक साता निषेधाज्ञा थपिएको हो।

‘एक हप्ता यसरी कडाइका साथ निषेधाज्ञा गरेर हामी समीक्षा गर्छौं। त्यसपछि थप निर्णय हुनेछ,’ बस्नेतले भने।

त्यस्तै, बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ।

पत्रकारको हकमा पनि सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने सहायक सिडिओ बस्नेतले बताए।

निषेधाज्ञाको उल्लंघन गर्नेहरूका लागि जरीवाना तिराउनेदेखि कैद सजायसम्म गर्ने प्रशासनले चेतावनी दिएको छ।

केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।

सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको थियो। पछि उक्त निषेधाज्ञा दुई साताका लागि थपिएको थियो।

देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको लगभग महिना दिन बित्न लाग्दा पनि नेपालमा कोरोना संक्रमण दर भने घटन् सकेको छैन। अहिले पनि औसतमा दैनिक ८ हजार संक्रमित थपिइरहेका छन्।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…