इन्टरनेट हेरेर आफैं स्यानिटाइजर बनाउने युवक ललितपुरबाट प’क्राउ

प्रहरीले इन्टरनेट हेरेर स्यानिटाइजर बनाइरहेका एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित समिट होटलको ओरालोबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-१३ घर भई ललितपुर बस्ने २३ वर्षीय दुर्गा भट्टराई छन्। प्रहरीले विशेष सूचना पाएपछि प्रहरीको टोली खटिएको हो।

उनले इन्टरनेटमा हेरेर मापदण्डविपरीत स्यानिटाइजर बनाउने गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।

‘उसले इन्टरनेटमा स्यानिटाइजर कसरी बनाइन्छ भनेर सिकेछ। अनि केही दर्ता नै नगरी बनाउने र प्याकिङ गर्ने रहेछ,’ एसपी कोइरालाले भने।

स्यानिटाइजरमा राख्ने लेबल पनि इन्टरनेटमा हेरेर आफैं राखेको उनले बताए। यद्यपी भट्टराईले अहिलेसम्म सो स्यानिटाइजर बजारमा नपठाइसकेको बताएका छन्।

भट्टराईले दुई-चार जना कामदार राखेर स्यानिटाइजर बनाउने गरेका थिए। प्रहरी करिब १५ हजार लिटर तयारी अवस्थामा रहेको स्यानिटाइजर फेला पारेका छन्। उनले बनाएको स्यानिटाइजरको नमूना लिएर औषधि व्यवस्था विभागमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस्तै, आइतबार पनि प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहोल राखेर स्यानिटाइजर बनाउने गोदाममा छापा मारेको थियो।

प्रहरीले ललितपुरबाट एक जनालाई र काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको थियो। त्यस्तै, नक्कली स्यानिटाइजरहरू सिल गरेको थियो।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…