स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालयमा तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउन सक्ने संकेत गरेका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिएका हुन्।

विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको मन्त्री त्रिपाठीले बताए। ‘मन्त्रालय विषयमा सकारात्मक छ। विज्ञहरूले दिनुभएको सुझावलाई हामीले मनन गरेका छौं। सरकारले यो विषयमा चाडै निर्णय गर्छ’ मन्त्री त्रिपाठीले भने।

स्वास्थ्य संकटकालका विषयमा मन्त्रालयले आन्तरिक तयारी गरिरहेको स्वास्थ्य सचिव लक्ष्मण अर्यालको भनाइ छ। स्वास्थ्य निरीक्षक नियुक्त गर्नेदेखि अन्य कामपनि भइरहेको अर्यालले जानकारी दिए।

मन्त्रालयले आन्तरिक तयारी गरिरहेको र मन्त्रिपरिषद् बैठकले निर्णय गरेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्य संकटकाल लाग्ने सचिव अर्यालले बताए। मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा थपिदै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरीने भएको छ। दिनानु दिन कोरोना संक्रमित हुनेको संख्या बढ्नेक्रम जारी रहेकाले थप कडाइका साथ निषेधाज्ञाको अवधी थप गर्न लागीएको हो।

कोरोना भाइरसको दोस्रो लहर पश्चात सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमितको संख्या घट्न सकेको छैन ।

एकै पटक एक महिनाको लागि निषेधाज्ञाको अवधि थप्दा सर्वसाधारणमा त्रासको माहोल सृजना हुन सक्ने भएकाले अहिलेलाई कम्तिमा १५ दिनको लागि निषेधाज्ञा थप्न लागिएको स्रोतले जनाएको छ।

यहि बिषयमा निर्णय लिनको लागि आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुले भर्चुअल बैठक बस्दै छन् ।

काठमाडौं उपत्यकामा १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। २२ वैशाखमा पुनस् एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा फेरी दुई साताका लागि थपिएको थियो। थपिएको निषेधाज्ञाको अवधि पनि यहि १३ गते सकिदैछ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…