प्राडा गौतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राडा जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाइएको छ । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ । गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकिएको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ । जिल्ला अस्पताल डोटीमा आज स्वास्थ्य सामग्री प्रदान कार्यक्रममा मन्त्री आलेले सरकारले भरपुर प्रयास गरिरहको बताउनु भएको हो ।

जिल्लाका नौवटै स्थानीय तह तथा जिल्ला अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गर्दै मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने समेत बताउनुभयो ।

कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भइरहेका बेला मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको हो । गृहजिल्ला डोटी र सुदूरपश्चिम प्रदेशिक अस्पताल कैलालीलाई आफ्नै लगानीमा आवश्यक स्वास्थ्य सामाग्री वितरणका लागि डोटी पुग्नुभएका मन्त्री आलेले थप आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि केन्द्रबाट सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडि बढिसकेकाले अब जिल्लामा खासै अक्सिजनको अभाव नहुने समेत उहाँले बताउनुभयो । महामारीको रोकथामका लागि सबैले हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै हरेक नागरिकलाई समेत सचेत बन्न मन्त्री आलेले आग्रह गर्नुभएको छ ।

जिल्लामा स्वास्थ्य सामग्री अभाबमा जिल्लामा सकृय कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको भन्ने गुनासो आएपछि मन्त्री आलेले स्वास्थ्य सेवा विभागबाट प्राप्त ३० वटा एचडियु श्यया, खाली १५ अक्सिजन सिलिन्डर तथा आफ्नो लगानीमा ६० वटा थप सिलिण्डर खरिद गरी ७५ थान भरिएका अक्सिजन सिलिन्डर, सर्जिकल मास्क एकलाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर मेसिन, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।

केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिन्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजर मन्त्री आलेले व्यक्तिगत लगानीमा किनेर प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…