प्रधानमन्त्री र राष्ट्रपतिबाट गणतन्त्र समाप्त पार्ने षडयन्त्र भयो : कांग्रेस नेतृ पवित्रा लामा

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पवित्रा लामाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नै समाप्त पार्ने गरी षडयन्त्र गरेको आरोप लगाएकी छिन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा जनता सुतेको बेला मध्यराति प्रतिनिधिसभा विघटन गर्नु भनेको मिलेमतो भएको पनि टिप्पणी गरेकी छिन् । आज(सोमबार)रिपोर्टर्स क्लब नेपाललाई उनले यस्तो बताएकी हुन् ।

गणतन्त्र र संविधानको रक्षार्थ प्रधानमन्त्री र राष्ट्रपतिका कमदविरुद्ध राजनैतिक र न्यायिक लडाईँ लड्ने तथा सडकसम्म तताउने सक्ने उनले चेतावनीसमेत दिएकी छिन् । संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र संविधानमाथिको प्रहारको संज्ञा दिँदै यो कदमको आफ्नो पार्टीले डटेर सामना गर्ने पनि उनले स्पष्ट पारेकी छिन् ।

उनले यस सन्दर्भमा भनिन्,‘कोरोना कहरको चपेटामा परेका नेपाली जनताको रक्षामा लाग्नुपर्ने सरकार संविधानको मर्म र भावनाविपरीत अगाडि बढेको देखिन्छ, वर्तमान सरकार आफ्नो सत्ता संघर्षमा छ । ओलीलाई साक्षी राखेर महारानीबाट जनताले लेखेको संविधानको हत्या भएको छ ।

संविधानको उलंघन वा हत्या गर्ने अधिकार कसैको छैन् ।’नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति समेत जनाएकी छिन् । महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने औल्याईन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…