एक दशकपछि भेटियो लक्ष्य : पालको निर्यात व्यापारले १ खर्बको आंकडा पार गर्यो

काठमाडौं । नेपालको निर्यात व्यापारले १ खर्बको आंकडा पार गरेको छ । नेपालले एक दशक अगाडि नै निर्यात एक खर्बको आंकडाभन्दा माथि लैजाने लक्ष्य राखेको थियो । यो लक्ष्य चालु आर्थिक वर्षको १० महिना मै पुरा भएको हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को १० महिना (साउन-वैशाख)को अवधिमा नेपालको वस्तु निर्यात १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार भएको छ । वैशाख महिनासम्म आइपुग्दा निर्यातको वृद्धि ३२.१९ प्रतिशत देखिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको रहेको थियो । यो वर्ष निषेधाज्ञाका बीचमा समेत खासगरी वैशाख महिनामा नेपालबाट वस्तु निर्यातमा उल्लेख्य प्रगति देखिएको छ ।

यो वर्ष वस्तु निर्यातमा भट्टमासको तेलसहित तेलजन्य वस्तुको मूख्य भूमिका छ । कफी चिया र कार्पेटमा समेत उल्लेख्य वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात समेत बढेको छ ।

एक दशक अगाडिको लक्ष्य बल्ल पुरा

सरकारले २०६४ सालमा सार्वजनिक गरेको त्रिवषिर्य अन्तरिम योजनाको १ खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखेको थियो । यो लक्ष्यलाई सरकारले हरेक पटक दोहोर्‍याए पनि सफल हुन सकेको थिएन । उक्त वर्ष ६१ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको थियो ।

२०६७/६८ मा आएको त्रिवर्षीय योजनामा समेत १ खर्ब निर्यातको लक्ष्य कायम राखिएको थियो । नेपालले गत आव २०७६/७७ मा लक्ष्य भेटाउने संकेत गरेको थियो । तर, कोरोना महामारीका कारण अन्तिम समयमा लक्ष्य पुरा हुन सकेन । सो वर्ष नेपालले ९६ अर्ब रुपैयाँको मात्र निर्यात व्यापार गर्न सफल भएको थियो ।

आयातमा २२.३४ प्रतिशत वृद्धि

तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा आयातमा समेत उल्लेख्य वृद्धि भएको छ । गत आवको यसै अवधिको तुलनामा आयातमा २२.३४ प्रतिशतको वृद्धि देखिएको विभागले जनाएको छ ।

यो वर्ष १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

१० महिनाको तथ्याङ्कअनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.९६ प्रतिशत र आयातको हिस्सा ९२.०४ प्रतिशत रहेको छ ।

व्यापार घाटा ११ खर्ब ४५ अर्ब

यो वर्ष नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । निर्यात र आयात दुबै बढेपनि आयातको हिस्सा अत्यधिक हुँदा नेपालको व्यापार घाटामा छ ।

यस अवधिमा नेपालको व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ । नेपालको कुल वैदेशिक व्यापारको आकार भने १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँको पुगेको छ ।

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३.०७ प्रतिशत बढी हो । यो अवधिमा गत वर्ष ११ खर्ब ७ अर्ब २० करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

यस्तो रहृयो १० महिनाको वैदेशिक व्यापार

  • आयात : १२ खर्ब ५४ अर्ब ११ करोड (२२.३४ प्रतिशत बढेको)
  • निर्यात : १ खर्ब ८ करोड (३२.१९ प्रतिशत बढेको)
  • व्यापार घाटा : ११ खर्ब ४५ अर्ब ६३करोड (२१.४८ प्रतिशत बढेको)
  • कुल वैदेशिक व्यापार : १३ खर्ब ६२ अर्ब २५ करोड (२३.०७ प्रतिशत बढेको)
  • व्यापारमा आयातको हिस्सा : ९२.०४ प्रतिशत (०.५९ प्रतिशत घटेको)
  • व्यापारमा निर्यातको हिस्सा : ७.९६ प्रतिशत (७.९६ प्रतिशत बढेको)

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…