नागरिकता सम्बन्धी अध्यादेशको महन्थ ठाकुरद्वारा स्वागत, जनकपुरमा दीप प्रज्वलन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यसको स्वागत गरेका छन् । अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी त्यसको स्वागत गरेका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन् : ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षौँ प्रतिक्षा पछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं ।’

त्यसैगरि जनकपुरमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् । उनीहरुले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नारा पनि लगाएका छन् । अध्यक्ष ठाकुर र नेता महतोको अडानका कारण जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने भयो भन्दै खुसीयाली मनाएका छन् ।

अब कस्ता व्यक्तिले नागरिकता पाउने भए ?

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपालको नागरिकता (पहिलो संशोन) अध्यादेश २०७६ जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकको सिफारिश बमोजिम राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् । यस अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने मिल्नेछ ।

उक्त अध्यादेशमा बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधानसमेत समावेश छ ।

यसअघि २०७५ साउन २२ गते सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।

संविधानको धारा ११ को उपधारा (३)मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेकै समयमा जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय मन्त्रिपरिषबाट गरेका हुन् । सरकारको उक्त निर्णयप्रति जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत दिएका थिए ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…