राष्ट्रपतिद्वारा जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ।

यसअघि बिहिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो।

त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।यो अध्यादेशपछि सरकार र जसपाको सम्बन्ध थप नजिक भएको छ।

संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।

आफैँले असहमति राखेका प्रावधान समेटेर सरकारले ल्यायो नागरिकता अध्यादेश

जनता समाजवादी पार्टी, नेपालसँग भएको सहमति अनुसार सरकारले अध्यादेश सिफारिस गरेको थियो। अध्यादेश आइतबार जारी भएको छ। नागरिकताको सवालमा यसअघि निकै अनुदार रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विगतमा अस्वीकृत गरेका प्रावधान समेटेर अध्यादेश जारी गरेको हो।

यस्तै, नेपाली आमाबाट जन्म भएका र नेपालमै बसोबास गरेको व्यक्तिको बाबु पहिचान नभएको अवस्थामा पनि अब वंशजको नागरिकता दिइनेछ। बाबु पत्ता लाग्दा विदेशी नागरिक भएका नागरिकता स्वतः अंगीकृतमा परिणत हुनेछ। अध्यादेशमा जारी भएको यो व्यवस्थामा एमालेले नागरिकता विधेयकमा भएको छलफलको क्रममा असहमति जनाउँदै आएको थियो।

यसरी अंगीकृत नागरिकता पाउन अन्य कुनै देशको नागरिकता नपाएको स्वघोषणा गर्नु पर्नेछ। यस्तो स्वघोषण झुटो ठहर भएमा ६ महिनादेखि एक वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ।

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…