माधव नेपाल पक्षका १८ सांसदले बानेश्वरमा जम्मा गरे नागरिकता

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारी भइरहेका बेला नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका १८ जना सांसद नागरिकतासहित बानेश्वर पुगेका छन्। अरू सांसद पनि आउने क्रम: रहेको एक नेताले बताए।

अहिलेसम्म जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैरू, सोमप्रसाद पाण्डेय, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, भीमबहादुर रावल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, भवानीप्रसाद खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ बानेश्वर पुगिसकेको ती नेताको दाबी छ।

तर उनीहरूले हस्ताक्षर गरेका छन् कि छैनन् खुलिसकेको छैन।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल पक्ष, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासहित ५ विपक्षी दलले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिने तयारी गरेका छन्। त्यसैका लागि उनीहरूले बहुमत सांसदको हस्ताक्षर पनि पेश गर्न लागेका छन्। एमाले सांसद सुरेन्द्र पाण्डेले भोलि रिट दिने तयारी रहेकोले हस्ताक्षर गर्न बाँकी रहेको बताए।

 

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…