राष्ट्रपतिको स्वविवेकीय अधिकारविरुद्ध कतै उजुरी लाग्दैन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै पनि उजुरी नलाग्ने दाबी गरेका छन्।

आइतबार पत्रकार सम्मेलनमा संविधानको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेर राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता गरेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको स्वविवेकलाई कानुन नलाग्ने बताएका हुन्।

उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको उनले बताए। ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन,’ उनले भने।

राजनीतिक झमेला छोडौं, कोभिडविरुद्ध जुटौं 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक झमेला छाडेर अहिले कोभिड–१९ महामारी विरु’द्धको ल’डा’इँमा एकताबद्ध हुन सबै दललाई आग्रह गरेका छन् ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले आक्रान्त पारेको अवस्थामा देशका राजनीतिक शक्ति, नागरिक समाज लगायतलाई राजनीतिक झमेला छाडेर जनताका समस्या समाधानतिर केन्द्रित हुन आग्रह गरे ।

‘आज देश र जनता कोभिड–१९ बाट आक्रान्त भइरहेको अवस्था छ । यस्तो अवस्थामा देशका सम्पूर्ण राजनीतिक शक्तिहरु, अरु झमेला छाडेर जनताका समस्या समाधानतिर लाग्न पर्ने हो । म अहिले पनि आह्वान गर्न चाहन्छु, राजनीतिक दल, नागरिक समाज सबै कोभिड–१९ को विरुद्धको लडाइँमा केन्द्रित हुनुपर्छ,’ ओलीले भने ।

तर, कोभिड–१९ विरुद्धको अभियानमा नलागेर अहिले राजनीतिक दलहरु लोकतान्त्रिक प्रणाली र अभ्यासप्रति नै जनताको वितृष्णा बढ्ने गरी क्रियाकलाप गरिरहेको ओलीको आरोप छ ।

गणतन्त्रको माखौल उडाएर गालिगलौज, चरित्रहत्याजस्ता कुराहरुलाई सामाजिक संस्कार बनाउन खोज्नेले देशको गौरवपूर्ण सभ्यताका लागि चुनौती खडा गरेको ओलीले दावी गरे ।

‘सामन्तवादी कुसंस्कारको अवाञ्छित प्रभाव के होला । जहाँ हामी गणतन्त्रको माखौल उडाइराखेको छौं भने त्यो भन्दा नराम्रो के हुन्छ ?,’ उनले भने, ‘अरु राजनीतिक झमेला, गालिगलौज, चरित्रहत्या, स्तरहिनजस्ता कुराहरुलाई सामाजिक सस्कार बनाउन खोज्ने प्रयास, यो देश र गौरवपूर्ण सभ्यताका लागि चुनौतीपूर्ण हो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…