सङ्क्रमणबाट ज्यान गुमाउने डाक्टरकाे परिवारलाई १ कराेड दिने केजरीवालकाे घाेषणा

काठमाण्डाै । भारतको दिल्ली सरकारले बिरामीको उपचार गर्दै गर्दा कोरोना सङ्क्रमित भएर ज्यान गुमाउने डाक्टरको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले यस्तो घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री केजरीवालले लकडाउनले दिल्लीलाई फाइदा पुगेको पनि बताउनुभएको छ । यही कारण राजधानीमा पोजेटिभ दर ३६ प्रतिशतबाट घटेर दुई दशमलव पाँच प्रतिशतमा घटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, ‘अवस्था सुधारिँदै गएको छ तर हामीले युद्ध जितिसकेका भने छैनौँ । हामी अझै पनि अनुशासित र संयमित बन्नुपर्छ ।’ यसैबीच दिल्लीमा एक हप्ताका लागि लकडाउन बढाइएको छ । अब राजधानी दिल्लीमा लकडाउन बढाएर मे ३१ बिहान ५ बजेसम्म लागू गरिएको छ ।

दिल्लीमा खोपको कमी

मुख्यमन्त्री केजरीवालले एक पटक फेरि दिल्लीमा कोरोनाविरुद्धको खोपको कमी भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘दिल्ली र देशभरि नै खोपको कमी छ । हामीसँग पर्याप्त खोप भए तीन महिनामा पूरै दिल्लीको जनसङ्ख्यालाई खोप लगाउने योजना बनाएका छौँ ।’

दिल्लीमा खोपको कमीका कारण १८ देखि ४४ वर्षसम्मको खोप अभियान बन्द गरिएको छ । यसअघि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउने अपिल गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…