मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर सतहमा गुड्न थाल्यो

गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो ।

मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दैछ । यसले कुनै सतह, पानी वा हिऊँमा जीवन छ या छैन भन्ने संकेत पनि हेर्नेछ । गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन–१ मिशन लन्च गरिएको थियो ।

यस मिशनका प्रमुख सहायक कमाण्डर झाङ युहुवाले ९२ दिनसम्म मंगलग्रहमा सञ्चालन गर्नका लागि यस रोभेर डिजाईन गरिएको जानकारी दिएका थिए । यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने पनि उनले जनाएका थिए ।

गत बुधबार झुरोङले मंगलग्रहमा खिचिएको तस्विर अर्बिटरमार्फत पठाएको थियो । यतिबेला यो रोबर्ट ल्यान्डिङ प्लेटफर्ममा थियो र उसको अगाडिको भूभाग तस्विरमा देखिएको थियो ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…