माओवादी र माधव निकट विद्यार्थी संगठन आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलित हुने भएका छन्।

शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। उनीहरुले कोरोना महामारी र निशेधाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत छन्।

संसद विघटनविरुद्ध सामूहिक रिट निवेदन तयार

दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनविरुद्ध बहुमत सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने तयारी दलहरुले गरेका छन्। पुस ५ गते भएको विघटनको फैसलाको पूर्णपाठ नै तयार नहुँदै दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेपछि त्यस विरुद्ध पाँच राजनीतिक दल बहुमत दाबी गर्दै सर्वोच्च जान लागेका हुन् ।

‘सामूहिक रिट दर्ता गर्ने सवै तयारी पूरा भएको छ,’ निवेदन लेख्ने जिम्मा पाएका एक अधिवक्ताले भने, सर्वोच्च अदालतमा १० बजे नै पुग्ने तयारी गरेका छौं।’ नेताहरुसहित सामूहिक जाने कि केही शीर्ष नेतामात्र जाने छलफल भइरहेको ती अधिवक्ताले बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दा बहुमत र अर्को सरकार गठन हुने विकल्पलाई बेवास्था गरेको दावी निवेदनमा गरिएको छ। राष्ट्रपतिले संविधानको धारा ७६को उपधारा ५ को सरकार गठनका लागि आह्वान गर्दा प्रक्रियासमेत नमिलेको र अल्पमतमा रहेको सरकारले फेरि बहुमत भएको दावी गरेकै आधारमा राष्ट्रपतिले खारेज गरेकाले विघटनविरुद्ध अन्तरिम आदेश जारी भई प्रतिनिधि सभा शुचारु गर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्।

सर्वोच्च अदालतमा रिटसँगै बहुमत सदस्यकाे नागरिकता पेश गर्ने कि दर्ता प्रक्रिया शुरु गरेर पेश गर्ने छलफल भइरहेको ती अधिवक्ताले बताए।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…