स्वीट्जरल्याण्डले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो, बेलायतले २० लाख डोज खोप दिने

स्वीट्जलल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । ती स्वास्थ्य सामग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सर्न ट्रेटर तथा तथा एघार लाख थान एन्टिजेन टेस्ट किट, व्यक्तिगत सुरक्षा सामग्री रहेको बताइउको छ । विशेष कार्गो उडानमार्फत ती सामग्री नेपाल ल्याइएको हो ।

ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाइ नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिजावेथ भोन केप्लरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

कोबेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

नेपालको कूटनीतिक पहलमा नभएर त्यहाँ रहेका गोर्खा र नेपालकी लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा त्यो बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । उनीहरूको पहलपछि गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले उक्त यस्तो निर्णय गरेको बताइएको छ ।

हाल नेपाललाई खोप अत्यन्त आवश्यक देखिएको भन्दै बेलायतले यस्तो निर्णय गरेको हो । यस सम्बन्धमा गत हप्ता राजदूत पोलिटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेलायतबाट २० लाख डोज खोप आउने पक्का भएको बताए । ‘विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने पक्का भएको छ । सम्भवतः १/२ दिनमा नै हामीले यसको लिखित अर्थात् आधिकारिक जानकारी पाउनेछौं,’ उनले भने, ‘आधिकारिक पत्र आएपछि खोप ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।’

भारतको सिरम कम्पनीले कोभिडसिल्ड उपलब्ध नगराउँदा पहिलो डोज लगाएका नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । यस अवस्थामा बेलायतबाट खोप आउन लाग्नु सकारात्मक पक्ष भएको मन्त्रालयको भनाइ छ ।

नेपालले कोभ्याक्स कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा १ करोड ३२ लाख डोज खोप पाउने छ । तर, अहिलेसम्म ३ लाख ४८ डोज खोप मात्र प्राप्त भएको छ, त्यसमा पनि बेलायतको केही अंश रहेको थियो । साथै, पाउनुपर्ने बाँकी खोप पनि प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ ।भ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…