कोरोनालाइ बेवास्ता : संसद् विघटनको कदमविरुद्ध जनआन्दोलन सिर्जना गर्न आह्वान

काठमाडौँ । प्रतिनिधिसभाको विघटन गरेर मुलुकमा तानाशाही प्रवृत्ति लाद्न खोजिएको भन्दै बृहत् नागरिक आन्दोलनले जनआन्दोलनको सिर्जना गर्न आह्वान गरेको छ ।

जनस्वास्थ्य, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संविधानको रक्षार्थ तानाशाहीलाई र कुनै पनि तानाशाही प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी एवम् सचेत नागरिकलाई एकजुट भएर सशक्त जनआन्दोलन सिर्जना गर्न बृहत् नागरिक आन्दोलनले आह्वान गरेको हो ।

कोभिड–१९ महामारीको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनताको जीवन र जनस्वास्थ्यका आधारभूत आवश्यकतासाग निरन्तर खेलबाड गरिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको प्रत्येक अलोकतान्त्रिक कदमलाई संविधान मिचेर साथ दिने गलत कार्य गरेको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

आन्दोलनले मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिको प्रपञ्चमा गरिएको पछिल्लो संसद् विघटन संविधान र लोकतन्त्र नै समाप्त पार्ने किसिमको भएको बताएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमलाई नागरिक आन्दोलनले ‘कू दे ताँ’ ठहर गरेको छ ।

करिब दुई तिहाईको निर्वाचित सरकारको नेतृत्व गर्दा समेत ओलीले सदैव निर्वाचित संस्था, लोकतान्त्रिक राज्य संयन्त्र र संविधानको अवहेलना गरिरहेको र महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेको बेला उनले मतपत्र थमाउने झूटो घोषणा गर्नु मानवताविरुद्धको अपराध समेत रहेको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,’यो संकटको क्षणमा आमजनतालाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होइन । जनताको जीवन रक्षा गर्ने जनस्वास्थ्य प्रणाली र राज्यको स्रोतसाधन सार्वजनिक हित र न्यायको निम्ति चाहिएको छ । सुशासन प्रत्याभूत गर्ने जनउत्तदायी सरकार चाहिएको छ, सत्ताकब्जा होइन ।

जनस्वास्थ्यको संकट सामना गर्ने बृहत्तर सहकार्य चाहिएको छ, महाव्याधिको संकटलाई कूका निम्ति दुरुपयोग गर्ने षड्यन्त्र होइन । लोकतान्त्रिक विधि, संस्था र मूल्यमान्यताको उत्तरदायी अभ्यास चाहिएको छ, कार्यकारी र संवैधानिक निकायहरुको षडयन्त्रमूलक कब्जा होइन । ‘

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…