मेसीले छाडे बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका लागि सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोएमनले अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई सिजनको अन्तिम खेल अघि नै छुट्टीको अनुमति दिए । योसँगै शनिबार हुने ला लिगाको अन्तिम खेलमा मेसी हुने छैनन् ।

उपाधि होडबाट बाहिरिसकेको बार्सिलोनाले आइतबार अन्तिम खेल खेल्दैछ । मेसीले यस सिजन धेरै खेल खेले । अन्तिम खेलअघिको आरामले मेसीलाई आफ्नै देशमा आयोजना हुने कोपा अमेरिका अघि केही समय छुट्टी मिलेको छ ।

सन् १९९३ यता कोपा अमेरिका जित्न नसकेको अर्जेन्टिनाका लागि यसपटक घरेलु मैदानमा ट्रफी जित्ने अवसर हुनेछ । यसैबीच मेसीले बार्सिलोनाका लागि खेलेको यसअघिको खेल नै अन्तिम हुन सक्छ । जसमा बार्सिलोना सेल्टाभिगोसँग पराजित भएको थियो ।

उनले सिजन सकिनुअघि आफ्नो भविष्यबारे निर्णय नहुँदै छुट्टी लिएका छन् । यसअघि मेसीले सिजन सकिएपछि भविष्यबारे निर्णय लिने बताएका थिए । अर्कोतिर मेसीका बुबा तथा एजेन्टले क्लबका अध्यक्ष जोन लापोर्टासँग अनौपचारिक कुराकानी गरेपनि कुनै आधिकारिक निर्णय भएको छैन ।

कोएमनले समेत आफ्नो कप्तानको महत्व कति छ भनेर बारम्बार भन्दै आएका छन् । यस्तै लापोर्टा पनि मेसीलाई क्लबमै राख्न चाहन्छन् । नेमार र एर्लिङ हालाण्डलाई क्लब भित्र्याउने असफल प्रयास गरिरहेको बार्सिलोनाले मेसीकै अर्जेन्टिनी टिममेट सर्जियो अगुएरोलाई अनुबन्ध गर्ने तयारी गरेको छ । उनी मेसीको एकदमै मिल्ने साथी समेत हुन् । दुवैले उमेर समूहदेखि अर्जेन्टिनाका लागि सँगै खेल्दै आएका छन् ।

अहिले बार्सिलोनामा के हुन्छ भनेर पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर सिटीको चासो धेरै रहेको छ ।

फ्रेन्च क्लब पेरिसले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ तर बार्सिलोनासँग छलफल नगरी अन्य क्लबसँग कुराकानी गर्न मन लगाएका छैनन् । क्लबको अवस्था बुझेर मात्र आफ्नो निर्णय लिने उनको सोच छ ।

यस्तै सिटी पनि मेसी बार्सिलोनामा बस्न चाँहदैनन् कि भनेर पर्खिरहेको छ । उनीहरुले प्रस्ताव तयार पारिसकेका छन्, तर सिटी मेसीको उपलब्धताबारे सुरुमा स्पष्ट हुन चाहन्छ । मार्काको सहयोगमा

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…