शेरबहादुर देउबाले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै जंगिए ओली – भने, कांग्रेसमा सभ्यता रहेन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् ।

बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भने ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि उक्त कदमको विरोध गर्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा देउवाले राष्ट्रपतिलाई तिमी भन्ने भाषा प्रयोग गरेका छन् ।

सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् । राष्ट्रपतिमाथि त्यस्तो भाषा बोलिएको भन्दै ओलीले देशलाई अराजकतातिर लान खोजिरहेको आरोप लगाए ।

‘अचम्म लाग्छ मलाई जसले लोकतन्त्र मान्दैन, लोकतान्त्रिक आचरण मान्दैन उनीहरु लोकतन्त्रका हिमायती भएर मयूरका प्वाँख जोडेर मयूर भएको नक्कल गर्दै स्वाङ पार्दैछन्,’ उनले भने, ‘आदर्शका नक्कली कुरा गर्दै हिँड्ने । देशलाई अराजकता, असभ्यतातिर लान खोजिरहेका छन् । भाषाको हिसाबले, गालीगजौज तथानाम बोलेका छन् ।’

जनताका छोराछोरी सम्मानित पदमा पुगे सम्मान गर्न हुँदैन भन्ने सोच रहेको ओलीको टिप्पणी छ । ‘सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलिन घराना जन्मसिद्ध सिद्धान्तको पाखण्ड आधारमा आएको नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलिन्थ्यो,’ उनले भने, ‘त्यहाँ निहुरिएर, हात मुसारेर के–के भाषा बोल्थे यिनै मानिसहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे सम्मान गर्न हुँदैन भन्ने सोच छ । तपाईं पनि भन्न हुँदैन राष्ट्रप्रमुखलाई भन्छन् ।’

तर, कांग्रेस सभापतिको त्यसस्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको व्यापकता देखेर अचम्म लागेको ओलीको भनाइ छ ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…