नेपालका लागि तीन जहाजमा कोभिडविरूद्ध चाहिने सामग्री पठाउँदै अमेरिका

मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ। अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।

तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने समय तालिका छ।

गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीट गर्दै नेपाललाई गरिने सहयोगबारे जानकारी दिएका छन्।

अमेरिकी विदेशमन्त्री नेपालका सम्बन्धमा बिरलै ट्वीट गरेका छन्। केही घन्टाअघि गरिएको ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपाल बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।

तिब्बतबाट तातोपानी आइपुग्यो १५० थान लिक्विड अक्सिजन

चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी भन्सार कार्यालय आएको छ। ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको थियो। लिक्विड अक्सिजनका १५० सिलिण्डर भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए।

सामानको तौल ३० मेट्रिक टन रहेको छ। लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ। केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेको थियो।

लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाएको छ। ती सामग्री आउने क्रममा रहेको गौतमले जानकारी दिए।

‘हामीले लिक्विड अक्सिजन बुझ्यौं, स्वास्थ्य सेवा विभागलाई बुझाउँछौं, त्यहाँबाट प्रतिनिधि आउनुभएको छ,’ गौतमले भने। ती लिक्विड अक्सिजन दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं लैजाने गौतमले बताए।

‘उताबाट आउँदा पनि दमकलले स्कर्टिङ गरेको थियो,’ गौतमले भने, ‘अक्सिजन लिक्विड संवेदनशील चिज भएकाले दमकलसहितको व्यवस्था गर्नुपर्ने भएको हो।’ गौतमका अनुसार तातोपानी नाकाबाट दमकलसहित सामान पठाइने छ। अक्सिजन बोकेको साधनलाई हरेक जिल्लाका प्रहरीले आफ्नो सीमा क्षेत्र कटाउने छन्।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…