स्वीट्जरल्याण्डद्वारा नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ ।

उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको हो ।

कूल तीस टन तौल, अमेरिकी डलर ८० लाख (नेपाली रुपैंया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।

भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर र सुरक्षा उपकरणले नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेछ भने एण्टिजेन परीक्षणले स्वास्थ्य परीक्षण, सामुदायिक स्तरमा निगरानी र बिरामीहरूको शिघ्र आइसोलेशनलाई सहज बनाउँदै भाइरसको फैलावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पुर्‍याउनेछ ।

“स्वीट्जरल्याण्ड कोभिड–१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यवद्धतामा उभिन्छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पुर्‍याउनेछ,” नेपालका लागि स्विट्जरल्याण्डकी राजदुत एलिजावेथ भोन क्यापेलरले भनिन् ।

स्वीट्जरल्यान्डले यसअघि पनि नेपाललाई विभिन्न सहयोग गर्दै आएको छ । प्रदेश १ का दुई अस्पतालहरुमा स्वास्थ्यजन्य फोहरको सुरक्षित व्यवस्थापन प्रणाली र स्वच्छ खानेपानी प्रणालीको स्थापना भैसकेका छन् । स्वीट्जरल्याण्डले कृषक परिवारलाई विउ लगायतका महत्वपूर्ण कृषि सामग्री उपलब्ध गराउन स्थानीय व्यापारीहरूलाई परिचालन गर्ने कार्यक्रम पनि स्थापना गरेको छ ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…