ठाकुर–महतोको राष्ट्रपतिलाई पत्र: हाम्रा सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिनू

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पार्टीका सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति विद्या भण्डारीलाई पत्र पठाएको छ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव निकट १२ सांसदले प्रधानमन्त्रीको दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए।

ठाकुर र महतोले राष्ट्रपति कार्यालयमा पत्र पठाएर यस विषयमा आफूहरूले छानविन गरिरहेको उल्लेख गरेका छन्।

ठाकुर-महतो पक्षले महतोलाई एकलौटी रुपमा वैशाख ३० गते संसदीय दलको नेता बनाएको थियो। त्यसकै आधारमा पार्टी अध्यक्ष ठाकुर र संसदीय दलको नेता महतो भएको दलील पेस गरे जसपाका ३२ सांसदको समर्थन केपी ओलीलाई रहेको पत्र ठाकुर र महतोले बुझाएका थिए।

यसअघि आजै प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आफ्ना सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिन राष्ट्रपति विद्या देवी भण्डारीलाई पत्र पठाएका छन्।

संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि कांग्रेस सभापति देउवाले गरेको दावीमा २६ जना सांसदले हस्ताक्षर गरेका छन्। २७ जना सांसदको नाम रहे पनि योगेश भट्टराईले हस्ताक्षर गरेका छैनन्।

राजनीतिक दल सम्बन्धी व्यवस्था अनुसार अरू दलको उम्मेदवारलाई त्यसरी समर्थन गर्न नपाइने भएकाले पत्र पठाइएको प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले सेतोपाटीलाई बताए।

‘पहिला त हामीले हस्ताक्षरबारे एकिन गर्छौ। जुन जुन सांसदले मेरो हस्ताक्षर हो भन्नुहुन्छ उनीहरूलाई कारबाही हुन्छ,’ उनले भने, ‘अहिले हामीले कारबाही गरेका छैनौं। त्यो हस्ताक्षरलाई मान्यता नदिनू मात्रै भनेको हो। किनकि, आफ्नै पार्टीको संसदीय दलको नेताले दावी पेश गरेको बेलामा अरू उमेदवारको पक्षमा हस्ताक्षर गर्नु गैर कानुनी हो।’

एक सय ४९ सांसदको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनको दलका ६१ र माओवादी केन्द्रका ४९ जना सांसदको समर्थनसँगै जनता समाजवादी पार्टीका १२ र नेकपा एमालेका २६ सांसदले समर्थन गरेका छन्।

कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्ति अनुसार एमाले माधव कुमार नेपाल समूहका २७ मध्ये २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ। जनमोर्चाबाट दुर्गा पौडेल सांसद छिन्।

उता एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा मागवादी गर्दै बुझाएको पत्रमा जसपाका ३२ जना र एमालेका २२१ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…