योगेश भट्टराईले खनाल-नेपाल समूह छोडे

एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन्। नेकपा हुँदै सुरु भएको विवादमा माधव नेपाललाई साथ दिँदै आएका नेता भट्टराईले नयाँ सरकार गठनको निर्णायक दिन नेपालको साथ छाडेका छन्।

पार्टीभित्र देखिएको अन्तरविरोधमा वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका नेता भट्टराईले शुक्रबारदेखि यो समूह छोडेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमै फर्किएका छन्।

संविधानको धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भट्टराईले हस्ताक्षर गरेका थिएनन्। उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह छोडेको संकेत गरेका छन्। पार्टी एकतालाई जोगाउन सकिन्छ कि, भनेर यस्तो निर्णय गरेको समेत उनले उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…