संविधान संशोधन गर्न पाँच जनाको कार्यदल

सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको समिति बनाएको हो।

उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।

मन्त्रिपरिषदबाट भएको निर्णयबारे आफूहरूलाई विस्तृत कार्यादेश आइनसकेको कार्यदल सदस्य अग्नि खरेलले जानकारी दिए।

यसअघि बिहीबारै बसेको मन्त्रिपरिषद् बैठकले जसपाको मागबमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुबै नेपाली भए वंशजका आधारमा नागरिकता लिन मिल्ने अध्यादेश ल्याएको थियो।

नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन, देउवा प्रधानमन्त्री बन्ने संकेत

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, माओवादी सहित जसपाका नेताहरु छलफल जारी छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान अनुसार दलहरु छलफलमा जुटेका हुन् । संविधानको धारा ७६(५) बमोजिम बन्ने सरकारका लागि १३६ जना सांसदहरु आवश्यक पर्दछ । तर तीन दलको गठबन्धन साथै एमालेकै एक पक्षको सहयोग समेत गरी १४९ जनाको हस्ताक्षर संकलन भएको स्रोतले जनाएको छ । अहिले पनि सिंहदरबारमा बैठक जारी छ ।

राष्ट्रपति कार्यालयको गेटमा ५ मिनेट रोकिएपछि भित्र पस्यो नेताहरुको गाडीको लर्को, प्रममा देउवाको दावेदारी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतालाई बहुमत पुर्‍याएर सरकार बनाउन चुनौती दिएको दुई घन्टामै राष्ट्रपति भवन शीतल निवासको गेटमा नेताहरुको गाडीको लर्को देखियो। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्ताव सहित १ सय ४९ जना सांसदको हस्ताक्षर सहित उनीहरु ओलीको चुनौती सामना गर्न शीतल निवास पुगेका हुन्।

सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुको बैठकले प्रधानमन्त्रीमा देउवाको दावेदारी हुने निर्णय गरेको थियो। त्यही अनुसार हस्ताक्षर संकलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दिएको समयभन्दा झन्डै डेढ घन्टा अगाडि दावेदारी प्रस्तुत गर्न पुगेका हुन्।

राष्ट्रपति भण्डारीले आज ५ बजेसम्म ‘डेडलाइन’ तोकेकी थिइन्। दिउँसो १२:३० देखि झन्डै २ घन्टा केपी शर्मा ओलीले पत्रकारहरुसँग बालुवाटारमा छलफल गरेका थिए। उनले पटक पटक विपक्षीहरुले काम गर्न नदिएको आरोपमात्र लगाएनन् सक्ने भए प्रधानमन्त्रीका लागि दावेदारी पेश गर्न समेत चुनौती दिएका थिए। उनले ५ बजेसम्म कसैले दावी नगरे आफ्नै दावेदारी रहने समेत बताएका थिए।

सिंहदरबारट बाट छुटेको शीर्ष नेताहरुको गाडी पानीपोखरी मोडबाट शीतल निवासमा पुग्दा सुरक्षाकर्मीले ५ मिनेट बाहिरै रोकेका थिए। त्यसपछि भने सबै गाडी राष्ट्रपति कार्यालय प्रवेश गरेको छ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…