कसैले हटाउन नसक्नेमा ओली ढुक्क, भने – बल क्याच भइसक्यो, रन लिन दौडिएर काम छैन

७ जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन बहुमतको सरकार गठनको कसरतमा गएराति देखि दौडधूपमा छन् । शिर्ष नेताहरुबीच तारन्तार टेलिफोन वार्ता चलिरहेको छ । प्रत्यक्ष भेटवार्ता पनि भइरहेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूह बढीभन्दा बढी सांसद आफ्नो पक्षमा पार्ने कसरतमा छ । हस्ताक्षर संकलन चलिरहेको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह पनि त्यत्तिकै सक्रिय छ । आफ्नो पक्षको १६ सांसद जोगाउन र थप सांसदलाई साथमा लिन लागिपरेको छ ।

काँग्रेस सभापति बुढानिलकण्ठमा बसेर आफ्ना दलका नेताहरुसँग भेटेर अरु दलका नेताहरुसँग पनि बारम्बार सम्पर्कमा रहेर वैकल्पिक सरकार निर्माणमा जुटेका छन् ।

ओलीबाहेकका नेताहरु यति धेरै सक्रिय हुँदा उनी भने ढुक्क छन् । संसदीय अंकगणितमा केन्द्रित भई अरु नेताहरु दौडधूपमा लाग्दा ओलीले सम्पादकहरुलाई डाकेर पत्रकार सम्मेलनमा घन्टौं समय बिताए । उनी कसैले विकल्पमा बहुमतको सरकार गठन गर्न नसक्ने र आफूले नै चुनावमा देशलाई लाने आशयको अभिव्यक्ति दिए ।

ओलीले क्रिकेट खेलको उदाहरण दिदै भने,‘बल क्याच भइसक्यो, रन लिन दौडिएर काम छैन ।’ क्याच भइसकेपछि रन लिन दौडिनुको अर्थ नभएको तर्क गर्दै भने,‘यस्तो दौडाई राजनीतिमा काम लाग्दैन ।’ आफूविरोधी नेताहरुप्रति उनको व्यङ्ग्य थियो ।

धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि २१ घन्टा समय दिएर गरेको आव्हानको समेत ओलीले बचाऊ गरे । उनले बहुमतको सरकार निर्माण गरेर देखाउन चुनौती समेत दिए ।

बहुमतको सरकार गठन हुन नसक्ने र धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा बिघटनमार्फत् चुनावी सरकारको प्रधानमन्त्री हुनेमा ओली ढुक्क छन् ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…