राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भएको बताए । उनले आफूले गरेका सिफारिसमा आफू जवाफदेही भएको बताउँदै त्यसमा राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा नमुछ्न पनि आग्रह गरेका छन् ।

त्यस्तै आफूअनुकुलका सिफारिस नभएकैले राष्ट्रपति संस्थाको मर्यादा नराखिएको उनको भनाइ थियो ।ओलीले भने, ‘मन्त्रिपरिषद्ले जे सिफारिस गर्छ त्यही राष्ट्रपतिकोमा जान्छ । त्यही राष्ट्रपतिले गर्नुपर्छ । अनि राष्ट्रपतिप्रतिको आक्रोश किन ? राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल हो । गणतान्त्रिक संस्था, गणतन्त्रको प्रतिक हुन्छ राष्ट्रपति ।

राजा गणतन्त्रमा हुँदैन । राष्ट्रपतिको हुर्मत लिने काम, अपमान गर्ने काम, राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम, आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थअनुसार भएन भने पनि राष्ट्रपतिका संवैधानिक सिमा र काम कर्तव्य त बुझ्न पर्छ होला नि ।’

‘मैले गरेको सिफारिसमा म जवाफदेही छु । पहिला पनि मैले गरेको हो । अहिले पनि मैले गरेको हो सिफारिस । यहाँ संविधानको व्याख्या गर्ने स्वतन्त्र न्यायपालिका होलान्,’ ओलीले भने ।

उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने भएकाले राष्ट्रपतिका काम, कर्तव्य र अधिकारबारे सामान्य जानकारी पनि नराखेर विवादमा मुछ्न खोजिएको भन्दै असन्तुष्टि पोखे । त्यस्तै प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका छन् ।

‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् । बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार । म त्यसलाई स्वागत गर्नेछु । त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ,’ उनले भने । वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि उनले दलहरुलाई आग्रह गरेका छन् ।

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…