मलाई समर्थन गर्नुस्, प्रतिनिधिसभालाई जोगाऔँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि आफू प्रयासरत रहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा ठुलो दलको नेताका हैसियतले आफूलाई बहुमत जुटाउन सहज हुने ठान्दै उपधारा ५ बमोजिम सरकारको नेतृत्वका लागि दावी गर्ने योजनामा रहेको बताए ।

यसका लागि आफूले दलहरूसँग सहयोग मागेको पनि उनले जनाए । दलहरुले यसअघि राष्ट्रपतिबाट उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान हुँदा दावी पेश गर्न नसकेको र अढाई महिनासम्म पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको जिकिर गर्दै उनले अझै पनि विकल्प दिन सक्ने हो भने मौका रहेको प्रस्ट पारे । ‘आफूले बनाउन नसक्ने हो भने मलाई समर्थन गर्नुस् भनेको छु,’ उनले भने, ‘प्रतिनिधिसभालाई जोगाऔँ भन्ने नै मेरो उद्देश्य हो ।’

उनले यसअघि प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चले खारेज गरिदिएको स्मरण गराउँदै त्यसतर्फ फेरि जानु नपरोस् भनेर प्रयासरत रहेको बताए ।

‘प्रतिनिधिसभा विघटन भनेपछि अस्ति नै थुतुनो पोलेको मान्छे म,’ उनले भने, ‘त्यसैले आउनुस्, मलाई समर्थन गर्नुस् भनेर दलहरूलाई भन्न चाहन्छु ।’

नमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि आफू प्रयासरत रहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा ठुलो दलको नेताका हैसियतले आफूलाई बहुमत जुटाउन सहज हुने ठान्दै उपधारा ५ बमोजिम सरकारको नेतृत्वका लागि दावी गर्ने योजनामा रहेको बताए ।

यसका लागि आफूले दलहरूसँग सहयोग मागेको पनि उनले जनाए । दलहरुले यसअघि राष्ट्रपतिबाट उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान हुँदा दावी पेश गर्न नसकेको र अढाई महिनासम्म पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको जिकिर गर्दै उनले अझै पनि विकल्प दिन सक्ने हो भने मौका रहेको प्रस्ट पारे । ‘आफूले बनाउन नसक्ने हो भने मलाई समर्थन गर्नुस् भनेको छु,’ उनले भने, ‘प्रतिनिधिसभालाई जोगाऔँ भन्ने नै मेरो उद्देश्य हो ।’

उनले यसअघि प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चले खारेज गरिदिएको स्मरण गराउँदै त्यसतर्फ फेरि जानु नपरोस् भनेर प्रयासरत रहेको बताए ।

‘प्रतिनिधिसभा विघटन भनेपछि अस्ति नै थुतुनो पोलेको मान्छे म,’ उनले भने, ‘त्यसैले आउनुस्, मलाई समर्थन गर्नुस् भनेर दलहरूलाई भन्न चाहन्छु ।’

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…