देउवा र दाहाललाई माधव नेपालको वचन : सरकार गठनको तयारी गर्नुहोस, २ बजेसम्म राजीनामा आउँछ

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका नेता नेपालले सभापति देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलको क्रममा आफूहरु सामूहिक राजीनामा दिने तयारीमा जुटेको विश्वास दिलाएका थिए ।

नेता नेपालले आज दिउँसो २ बजेसम्म आफू पक्षधर सांसदहरुको राजीनामा आउने वचन दिएका छन् । उनले वैकल्पिक सरकार गठनको लागि अघि बढ्नसमेत देउवालाई आग्रह गरेको स्रोतको दाबी छ । देउवा निवासमा अहिले तीन जना नेताहरुबीच छलफल जारी छ । उनीहरुले आजै राष्टपति विद्यादेवी भण्डारीमाथि महाअभियोग ल्याउने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे पनि छलफल गरेका छन् ।

राष्टपति भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिएर धारा ७६ को ५ अनुसार सरकार गठन आह्वान गरेकी छिन् । सरकार गठनको लागि संवैधानिक प्रक्रिया नै मिचेको भन्दै अहिले प्रधानमन्त्री ओली र राष्टपति भण्डारीको चौतर्फी आलोचना भैरहेको छ ।

धारा ७६ को ३ बमोजिम प्रधानमन्त्रीको सपथ खाएका ओलीले विश्वासको मत पनि नलिएको र नयाँ सरकार गठनको लागि राजीनामा पनि नदिएको अवस्थामा कसरी धारा ७६ को ५ अनुसार सरकार गठन अघि बढ्छ ? भन्दै संविधानविद्हरुले प्रश्न उठाएका छन् । कतिपय अधिवक्ताहरुले पनि राष्टपतिमाथि तुरुन्तै महाअभियोग लगाउनुपर्ने सुझाव दिएका छन् । अहिले छलफल जारी छ ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…