महन्थ ठाकुर ‘प्रधानमन्त्रीको रिङबाट आउट’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीको रिङबाट आउट भएका छन् । ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएको निष्कर्ष निकाल्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ रणनीतिका साथ बढ्ने निर्णयमा पुगेका हुन् । अब उनीहरु महन्थ ठाकुरको साथ विना नै प्रतिनिधि सभामा बहुमत बनाउन सक्रिय भएका छन् ।

आज काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठक डाकेर आफ्नो रणनीति सुनाएका थिए । उनले सुझाव पनि थिएका थिए । त्यसपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गरे । छलफलबाट तीन नेताले ओलीको विकल्पको सरकार निर्माणका लागि आ’क्रामक ढंगले बढ्ने निर्णय लिएका छन् ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीवि’रुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लाने तयारी भएको छ । आवश्यक परे माधव नेपाल पक्षधर सांसदहरुले तत्काल राजीनामा दिने भएका छन् । त्यसको पनि टुंगो लागिसकेको छ । नेपालले आफू पक्षधर सांसदहरुको राजीनामाको बचन दिएको बुझिएको छ ।

यो घटना विकास भएसँगै जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीको लागि भएको प्रतिष्पर्धाको रिङबाट आउट भएका छन् । माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित २० सांसदले राजीनामा दिएमा बहुमत पुर्याउन जसपाको १३ सांसद भए पुग्छ । ३२ सांसदमध्ये जसपाको उपेन्द्र यादव पक्षधरसँग १६ सांसद छन् ।

महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव लाने तयारी भएपनि राजेन्द्र महतोको भूमिकामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीको बाँटफाँटमा लागेपछि नयाँ घटना विकास भएको हो । ठाकुरको माग पूरा गर्न ओली सहमत भएर कदम समेत चालिसकेका छन् । -फाइल तस्बिर

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…