‘महन्थले सहमति भङ्ग गरे, पार्टी विभाजनको दिशामा अघि बढ्यो’

जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच भएको सहमति स्वयम् ठाकुरले भङ्ग गरेको यादव पक्षले आरोप लगाएको छ । दुई अध्यक्षबीच भएको सहमतिको उल्लघंन गरी पार्टी विभाजनको दिशामा अगाडि बढेको उनीहरुले ठहर गरेका हुन् ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच जेठ ४ गते सहमति भइ ८ बुँदे संयुक्त विज्ञप्ति जारी भएको थियो । सो सहमतिको उल्लंघन गर्दै अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएको आरोप सो पक्षले लगाएको छ ।

जसपाका कार्यकारिणी सदस्य एवं सांसद मोहम्मद इस्तियाक राइनले दुई अध्यक्षबीच कुनै पनि गुट भेला नगर्ने, कुनै पनि बैठक बसाउँदा सहमतिमा गर्ने निर्णय भएको तर पार्टीलाई कुनै जानकारी नदिइ आफू पक्षीय सांसदहरुको बैठक बोलाइएको दावी गरे ।

उनले भने, ‘म पनि जसपा नेपालको सांसद हुँ, पार्टी संसदीय दलको बैठक बस्दैछ भन्ने मलाई कुनै जानकारी नै छैन । यो कस्तो बैठक हो आफै अनुमान लगाउनुस् ।

यसले पार्टी एक रहन्छ भनि कसरी विश्वास गर्ने रु’ भोलिदेखि कार्यकारिणी समितिको बैठक बस्ने भनेर दुवैजना अध्यक्षले गरेको निर्णय अनुसार त्यसको तयारीमा लाग्नुपर्नेमा ठाकुर पक्ष गुटको भेला गर्न, बालुवाटार र शीतलनिवास धाउनुमा सक्रिय रहेको उनले आरोप लगाए ।

जसपा नेपालको नेतृत्वमा सरकार बनाउने अवस्था आए पार्टी एकजुट भएर अगाडि बढ्ने नत्र ओलीलाई प्रधानमन्त्री बनाउन जसपा तयार नहुने पनि उनले बताए । त्यस्तै सोही पार्टीका अर्का सांसद प्रदीप यादवले पनि आफूहरुलाई बैठकको बारेमा कुनै जानकारी नरहेको बताए ।

‘संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको सुनिएको छ । तर त्यसको बारेमा कुनै जानकारी आएको छैन,’ उनले भने, ‘त्यो संसदीय दलको बैठक होइन, गुटको भेला हो ।’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…