को हुन् बादललाई हराउने गर्ने डा. देवकोटा ?

काठमाडौं। बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन्।बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउँदै विपक्षी गठबन्धनका उम्मेदवार डा. देवकोटा ५ हजार ८८ मतभारसहित विजयी भएका हुन्।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो। वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए। यसैगरी वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए। उनी एमाले वरिष्ठ नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

निर्वाचन आयोगले प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ निर्धारण गरिएको थियो। जसअनुसार देवकोटाले ५ हजार ८८, थापाले ४ हजार १४ र तामाङले १३२ मतभार प्राप्त गरेका हुन्।

थापा सर्वोच्च अदालतले माओवादी र एमालेलाई ब्यूँताएपछि एमालेतर्फ लागेका थिए। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित थापा एमाले प्रवेश गरेपछि कारबाहीमा परे। माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रियसभा सदस्य पद गएको थियो। त्यही ठाँउमा भएको आज भएको उपनिर्वाचनमा एमालेको सस्थापनले थापालाई नै उम्मेदवार बनाएको थियो। ३४८ मतदाता रहेको उपनिर्वाचनमा ३३८ जनाले मात्र मतदान गरेका थिए। बागमतीमा तीन प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले नो भोटको अधिकार माग गर्दै भोट नहाल्ने निर्णय नै गरेको थियो।

को हुन् देवकोटा ?

देवकोटा कास्कीबाट बारा बसाइँ सरी उनी बाराको कोल्हवी नगरपालिकाका स्थायी बासिन्दा हुन्। देवकोटा पेशाले अधिवक्ता हुन् । मधेस आन्दोलनका क्रममा कलैयास्थित घर आगजनी भएपछि विस्थापित भएका थिए।उनी अहिले एमालेसम्बद्ध कानुन व्यवसायीहरुको संगठन पिपिएलएका केन्द्रीय सचिव छन्।

खिमलाल राजनीतिक रुपमा पञ्चायतकालमा तत्कालीन नेकपा मालेसम्बद्ध अखिल (पाँचौं) को बारा जिल्ला कमिटीमा लामो समय काम गरेका व्यक्ति हुन्। उक्त जिल्ला कमिटीमा एकबहादुर श्रेष्ठ अध्यक्ष थिए।

अहिले उनी एमालेको खुला मोर्चाका रूपमा रहेको पेशागत महासंघमा आवद्ध छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २०१४ मा संघीय अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन्। त्यसअघि उनले साइप्रसबाट वित्तीय अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए।

अध्ययनकालपछि उनी केही समय स्थानीय विकास मन्त्रालयअन्तर्गत झोलुङ्गे पुलसम्बन्धी परियोजनामा सम्बद्ध रहे। ०७२ सालमा केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा असुरक्षित तुइनलाई झोलुङ्गे पुलले विस्थापन गर्नुपर्ने अवधारणा उनैले अगाडि सारेका हुन्।

०७४ को प्रदेशसभा निर्वाचनपछि उनी बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त भए। तर, पार्टीभित्रको आन्तरिक खिचातानीका क्रममा माधव नेपाल पक्षमा लागेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले असहयोग गरेपछि राजीनामा दिए।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…