नव निर्वाचित खिमलाल देवकोटा भन्छन्, ‘मेरो जित सरकारविरूद्धको आवाज हो’

राष्ट्रिय सभाको उपनिर्वाचनमा विजयी भएका खिमलाल देवकोटाले आफ्नो जित सरकारविरूद्धको आवाज भएको भएको बताएका छन्।सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवकोटाले विपक्षी दलहरूको सहयोगले आफूले विजय हासिल गरेको बताए।

‘म स्वतन्त्र रूपमा उठेको भएकाले धेरै बोल्दिनँ। तर यो सरकारले जेजस्तो काम गरिरहेको छ त्यसविरूद्ध एक ठाउँमा भएको मत हो,’उनले भने,’यो सरकारले विधी परम्परा र संविधान मिचेको छ। त्यसकै परिणाम मेरो मत आएको हो।’

उनले आफ्नो जित एउटा व्यक्तिको मात्रै नभएर यो संविधान र संघीय व्यवस्थाप्रति विश्वास राख्नेहरूको भएको बताए।

आफूलाई कांग्रेस, माओवादी, एमालेका शिर्ष नेताहरूको सहयोग र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सहयोग भएकाले विजयी हुन सम्भव भएको बताए।

देवकोटालाई एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षको समर्थन थियो। उनलाई कांग्रेस-माओवादीको पूर्ण समर्थन थियो। एमाले पृष्ठभूमिका देवकोटा संघीयता विज्ञ हुन्।

स्थानीय शासनमा उनको विशेष दख्खल छ। केही समय देवकोटा बागमती प्रदेश सरकारको योजना आयोगको उपाध्यक्ष समेत भएका थिए।देवकोटा एमालेको खनाल-नेपाल समूहसँग निकट छन्।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…