७ मन्त्रीको जागिर चट पारिदिने युवा वकिल भन्छन्, संविधान मिचिँदा टुलुटुलु हेरी बस्न सकिएन

सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको छ । सात गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाईपछि अदालतले आज यस्तो आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल इजलासले संघीय संसद्को सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामाको नियुक्ति अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सँविधानको धारा ७८ को उपधारा १,२ र ३ एक चोटिका निम्ति मात्रै हो,पटकपटक प्रयोग हुने हैन भन्दै अदालतले माओवादीबाट एमाले प्रवेश गरी मन्त्री बनेकाहरुको पद आजैबाट खाइदिएको छ ।

एकैसाथ सात मन्त्रीको नियुक्ति बदर भएसँगै रिट निवेदकको पनि चर्चा शुरु भएको छ । २५ वर्षे युवा वकिल विराज थापाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । अनेरास्ववियु (क्रान्तिकारी) भक्तपुर संयोजकसमेत रहेका थापाको रिटका कारण सात मन्त्रीको पद गएको हो ।

तपाईंले किन सात जना आफ्नै पूर्व नेताको जागिर खाइदिनुभयो भन्दै जनआस्थाले सोधेको प्रश्नमा उनले यसलाई व्यक्तिगत सवाल नबनाउन आग्रह गरे । उनले पछिल्लो समय संविधान विपरितका गतिविधि हुन थालेकाले संविधानको परिपालना गराउने दायित्वबोधका कारण रिट हालेको बताए ।

संसद विघटनयता प्रधानमन्त्री केपी ओली पटक-पटक संविधानको बर्खिलापमा लागेको भन्दै उनले त्यसकाविरुद्ध कानुनी लडाइँ लडेको बताए । संविधान विपरित गैरसांसदलाई मन्त्री बनाउने निर्णय कानुनको विद्यार्थी हुनुका नाताले टुलुटुलु हेरेर बस्न नसकिएको उनले प्रतिक्रिया दिए

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…