बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

६ जेठ, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

एमालेको निर्णय : बादललाई मत नदिनु गम्भीर

नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको छ ।

वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको उपचुनावमा एमाले उम्मेदवार रामबहादुर थापा बादलले माधवकुमार नेपाल समूहका जनप्रतिनिधिको मत नपाएको सूचनाका आधारमा बैठकले भत्र्सना गर्ने निर्णय गरेको हो ।

एमालेमा एकता प्रयास सुरु हुनु अगाडि नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए । एमालेमा एकता प्रयास सुरु भएपछि पनि देवकोटाको उम्मेदवारी कायमै रह्यो । एमाले अध्यक्ष र महासचिवले पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिए पनि कतिपयले अवज्ञा गरेका थिए ।

‘पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गर्नुभयो । त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ’ प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएर कार्यदल बनेको २ जेठलाई कट अफ डेट मान्न सकिने भन्दै ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’

बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको उम्मेदवारलाई मतदान नगर्नु संसदीय प्रणाली र पार्टीको अनुशासन विपरीत भएको बताएका थिए । ‘पार्टीको उम्मेदवारविरुद्ध उभिने प्रवृत्ति अलिअलि देखिएको छ । त्यो प्रवृत्ति ठीक होइन, संसदीय प्रणालीमा त्यो घातक र स्वीकार्य नहुने प्रवृत्ति हो । त्यसलाई भर्त्सना गर्नुपर्छ’ ओलीको भनाइ थियो ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…