बादल : मतदान सम्पन्न नहुँदै भूतपूर्व मन्त्रि, खिमलाल र उनिमध्य कसले जित्ला ?

राष्ट्रियसभाको बागमती प्रदेशतर्फको सदस्यका लागि उपनिर्वाचन सुरु हुँदा रामबहादुर थापा बादल गृहमन्त्री थिए । तर, मतदान सम्पन्न नहुँदै उनी भूतपूर्व भइसकेका थिए । अब चुनावमा जित हासिल गर्न नसके उनको गृहमन्त्री पद फर्कने सम्भावना रहनेछैन । सर्वोच्च अदालतले सांसद नभएका व्यक्तिलाई दोस्रोपटक मन्त्री नियुक्त गर्नु असंवैधानिक ठहर गरिसकेको छ ।

अब गृहमन्त्री बन्न बादलले आजको चुनावमा जित्नैपर्छ । सम्भवत साँझ ६ बजेसम्म मतपरिणाम आइसक्छ । बादलका मुख्य प्रतिद्वन्द्वी डा.खिमलाल देवकोटा छन् । बादलको सुर्य चिन्ह हो भने खिमलालको कलम । बादल एमालेका आधिकारिक उम्मेदवार हुन् भने खिमलाल माधवकुमार नेपाल निकटस्थ हुन् ।

खिमलाललाई काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र माधव नेपाल समूहको साथ छ । नेपाल समूहका मतदाताले खिमलाललाई मत दिएको हो भने उनले नै चुनावमा जित हासिल गर्ने सम्भावना बलियो छ ।

नेकपाभित्र जनप्रतिनिधिमा माधव नेपालको बागमती प्रदेशमा बलियो उपस्थिति छ । तर, एमालेको मत एकै ठाउँमा खसेको हो भने बादलले जीत हासिल गर्नेछन् । उनलाई राप्रपाको समेत मत परेको छ । माओवादी केन्द्रका केही जनप्रतिनिधि पनि बादललाई मत हाल्न पुगेको अनुमानहरु भएका छन् । काँग्रेसबाट जनप्रतिनिधि भएका मतदाताले भने खिमलाललाई मत हालेका छन् ।

मतदानमा प्रदेश सभा, नगरपकालिका र गाउँपालिकाका गरी १० जनप्रतिनिधि अनुपस्थित रहे । जसमध्ये ४ प्रदेश सभा सदस्य छन् भने बाँकी ६ स्थानीय निकायका जनप्रतिनिधि हुन् ।

बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा ३४७ मध्ये ३३७ ले मतदान गरे । प्रदेश सभाका १०९ र स्थानीय तहका २३७ जनाले मतदान गरे । प्रदेश सभा सदस्यमध्ये विवेकशील साझाका ३ र माओवादी केन्द्रका १ जना अनुपस्थित रहे । काँग्रेसबाट स्थानीय निकायका जनप्रतिनिधि २, नेमकिपाका १ जना अनुपस्थित रहे ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…