बादलविरुद्ध मतदान गर्नु गम्भीर, भर्त्सना गर्छाैँ : एमाले

काठमाण्डाै । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा पार्टीको निर्देशन अवज्ञा गर्ने र पार्टी उम्मेदवार (रामबहादुर थापा बादल) को विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापलाई अत्यन्तै गम्भीर रूपमा लिएको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीकाे बैठकले पार्टी निर्देशन अवज्ञा गर्ने प्रवृत्तिको भर्त्सना गर्ने निर्णयसमेत गरेको छ । यस्तै कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने एमालेका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकाले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत छलफल भएको ज्ञवालीले बताउनुभयो ।

यसैबीच मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहेको प्रतिक्रिया दिनुभएको छ । स्थायी कमिटी बैठकपछि मन्त्री ज्ञवालीले अदालतको निर्णयप्रति कतिपय तर्क र फरक राय हुन सक्ने भए पनि फैसला कार्यन्वयन गर्नु आफूहरूको कर्तव्य रहेको बताउनुभयो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…