राष्ट्रिय सभामा भोट हाल्न राप्रपाकी रिता माझीसहित तीन सांसदलाई हेलिकोप्टर चार्टर !

काठमाडौं, ६ जेठ । आज राष्ट्रिय सभा सदस्यको उप निर्वाचन हुँदैछ । वागमति प्रदेशको मुख्यालय हेटौंडामा हुने निर्वाचनमा नेकपा एमालेका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल र नेकपा एमालेकै माधव कुमार नेपाल समुहका तर्फबाट संघीयता विज्ञ डा. खिमलाल देवकोटाबीच तिब्र प्रतिष्पर्धा हुँदैछ । निर्वाचन अनुगमनका लागि भन्दै गृहमन्त्री बादल हेटौंडा पुगिसकेका छन् ।

उनै बादललाई जिताउन केही सांसदलाई भने हेलिकोप्टर चार्टर गरिएको पाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता रायमाझी र नेकपा एमालेकी सांसद बेलिमाया घलेसहितका सांसदलाई हेलिकोप्टर चार्टर गरिएको खुलाशा भएको हो । उनीहरुलाई केहीबेरमा काठमाडौंबाट हेलिकोप्टरले हेटौंडा पुर्याउने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ ।

राप्रपाकी सांसद रिता रायमाझीलाई यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सम्पर्क गर्दा आफसहित ३ जना सांसद चावेलबाट हेलिकोप्टरमा जान लागेको बताइन् । तर, मिडियाबाट भन्ने थाहा पाउने वित्तिकै उनले कुरा फेरिन् ।

शुरुमा उनले आफूसहित तीन जना सांसद हेलिकोप्टरबाट चाबेलबाट हेटौंडा जाने बताएपनि परिचयका क्रममा दियोपोस्टबाट भन्ने वित्तिकै उनले आफूहरु गाडीबाट जान लागेको दाबी गरिन् ।

‘मेरो नानी सानो छ । म तत्काल गएर फर्किनुपर्ने छ,’ दियोपोस्टसँग उनले भनिन्,‘अर्को एक जना माननीय पनि विरामी हुनुहुन्छ । मौसम खराब भएका कारण हामी गाडीमै जाने हो,’ उनले भनिन् । यता कोरोना महामारीबीच हजारौँ नागरिक भने एम्बुलेन्स नपाएरै मृत्युवरण गर्नुपरिरहेको छ । साभार : दियोपोष्ट 

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…