खोप उपलब्ध गराइदिन बेलायती राजदूतलाई प्रधानमन्त्री ओलीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजदूतसँग नेपाललाई खोप उपलब्ध गराउन अनुरोध गरेका छन्।बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालयमा शिष्टाचार भेट गर्न गएकी बेलायती राजदूत निकोला पोलिटसँग प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोरोनाविरूद्ध खोप उपलब्ध गराउन अनुरोध गरेका हुन्।

प्रधानमन्त्री ओलीक प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच दूई देशको आपसी सम्बन्ध र विशेष गरी कोभिड-१९ विरूद्धको लडाइँमा सहयोग आदान-प्रदान गर्नेबारे छलफल भएको थियो। प्रधानमन्त्रीले यस क्रममा बेलायतले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

नेपालले सुरूमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको खोप लगाउन सुरू गरेको थियो। भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको उक्त खोप लगाएका ६५ वर्षमाथिका धेरै नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन्।

भारतमा कोरोनाको संक्रमण फेरि बढेपछि भारतले अहिले खोप निर्यात रोकेको छ। सेरमले यो वर्षको अन्त्यसम्ममा मात्रै खोप निर्यात सुरू हुन सक्ने जनाएको छ। भारतबाट तत्कालै खोप आउने सम्भावना नदेखिएका बेला प्रधानमन्त्री ओलीले बेलायती दूतलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।

 

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…