बिट्क्वाइनको मूल्यमा अत्यधिक गिरावट, २४ घण्टामा मात्रै क्रिप्टोकरेन्सीमा २६ बिलियन डलर घाटा

काठमाडौं । चीनको पिपुल्स बैङ्कले क्रिप्टोकरेन्सीको कारोबारमाथि चेतावनी दिएसँगै बिट्क्वाइनको मूल्यमा अत्यधिक गिरावट भएको छ ।

कुनै समय बिट्क्वाइनको मूल्य ६४ हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउनमा महत्त्वपूर्ण भूमिका खेलेको अमेरिकी कार निर्माता कम्पनी टेस्लालले पनि कार बिक्रीमा यसको प्रयोग रोकिसकेको छ । टेस्लाका मालिक इलोन मस्कले गरेको उक्त घोषणासँगै एक मिनेटमा ५ प्रतिशतले ओरालो लागेको क्रिप्टो बजारमा चीनले दिएको चेतावनीसँगै पहिरो गएको हो ।

पछिल्लो एक सातामा ३० हजार डलरभन्दा धेरैले घटेको बिट्क्वाइनकोक्ष मूल्य गत २४ घण्टामा ३० हजार अमेरिकी डलरसम्म आइपुगेको थियो । क्रिप्टोकरेन्सीमा अगाडि रहेको चीनले नै यसमा गरेको लगानी निकाल्ने हल्ला चलेसँगै डिजिटल करेन्सी बजारमा यसको प्रभाव देखिएको हो ।

बिट्क्वाइनसँगै अन्य क्रिप्टोकरेन्सीको पनि मूल्यमा गिरावट आएको छ । इथेरम, बाइनान्स क्वाइन, डजक्वाइन लगायतका क्वाइनको मूल्य ६० प्रतिशतसम्म ओरालो लागेको छ । इकोनोमिक टाइम्सका अनुसार पछिल्लो २४ घण्टामा मात्रै क्रिप्टोकरेन्सीमा भएको लगानीबाट २६ बिलियन अमेरिकी डलर घाटा भएको छ ।

भर्खरै प्रकाशित

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक…