राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

मकवानपुर । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । तत्कालीन नेकपा विभाजनपछि एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ भिड्दै छन् । देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ ।

हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा जारी मतदानमा प्रदेशतर्फ मुख्यमन्त्री डोरमणि पौडेल र स्थानीय तहतर्फ धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले सुरुमा मतदान गरेका छन् । उपनिर्वाचनमा प्रदेशसभाका १ सय ९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४७ मतदाता छन् ।

प्रदेशसभामा एमालेको ५६, माओवादी केन्द्र २३, कांग्रेस २२, विवेकशील साझा पार्टी २, राप्रपा २, नेमकिपा २ र स्वतन्त्र एक गरी १ सय ९ मतदाता छन् । स्थानीय तहमा एमालेको १३३, कांग्रेसको ६७, माओवादीको ३३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ मत छ ।

प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । वाग्मती प्रदेशमा १ सय १९ वटा स्थानीय तह छन् ।बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिनेछ । विद्यालयको पूर्वपट्टिको गेटबाट कोरोना पोजिटिभ मतदाता र पश्चिमतिरको गेटबाट अन्य मतदातालाई प्रवेश गराइएको छ ।

सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलका अनुसार तीनवटा मतपेटिका राखेर मतदान भइरहेको छ । मतदान केन्द्र परिसरमा सरकारले तोकेअनुसार स्वास्थ्य मापदण्ड पालना गरिएको छ । सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि छुट्टा–छुट्टै मतपत्र छन् । मतदान समय सकिएलगत्तै विद्यालयमै मतगणना गर्ने व्यवस्था मिलाइएको छ । ‘हामी साँझ ६ बजेसम्म मतगणना सम्पन्न गरिसक्नेछौं,’ उनले थपे ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्र कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड संक्रमण नदेखिएका प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई ‘ख’ र कोरोना संक्रमण देखिएकालाई ‘ग’ बाट मतदानको व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए ।

‘पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान र गणना केन्द्रमा खटाइएको छ,’ उनले भने । श्रेष्ठका अनुसार ७२ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट नभएका मतदाताको हकमा मतदान केन्द्रमै एन्टिजेनमार्फत तत्काल परीक्षण भइरहेको छ । कोरोना परीक्षणका लागि एक सयवटा एन्टिजेन्ट किटसहित चार जना स्वास्थ्यकर्मी खटाइएको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि २४ जना कर्मचारी परिचालन गरिएको छ । कोभिड संक्रमित मतदाताले मतदान गर्ने केन्द्रमा खट्ने कर्मचारीका लागि पीपीई उपलब्ध गराइएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…