रेमडेसिभिर औषधि नेपालमै उत्पादन हुने, यसै महिना बजारमा आइपुग्ने

काठमाडौं । कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर अब नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि उत्पादनका लागि अनुमति दिएको छ।

विभागले अहिले औषधि उत्पादनका लागि मात्र अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसीले बताए । औषधिको बजार बिक्रीका लागि भने अनुमति नदिइएको उनले जानकारी दिए । औषधि उत्पादनको प्रक्रियामै रहेको जनाउँदै उनले प्रक्रिया पुरा भएपछि बजारमा बिक्री गर्न अनुमति दिएको बताए ।

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा औषधि बजारमा आउने बताइएको छ। नेसनल हेल्थकेयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

उनका अनुसार मे महिनाको अन्तिसम्ममा चीनबाट कच्च पदार्थ आउनेछ र औषधि उत्पादन सुरु हुने भएको छ । कच्चा पदार्थ आएको १५ दिनभित्र औषधि बजारमा लैजाने हिसाबले कम्पनीले काम अगाडि बढाएको उनले जानकारी दिए ।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…