दीपक मनाङे फेरि बने मन्त्री, ४ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) फेरि मन्त्री बनेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री नियुक्त गरेका हुन् । यद्यपी उनी काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा भने सहभागी भएनन् ।

यसअघि मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन मनाङेलाई मन्त्री बनाएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ प्रक्रियाबाट सरकारको नेतृत्वमा आएपछि बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा मनाङेपनि परेका हुन् । मुख्यमन्त्रीले मनाङेसहित किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री बनाएका हुन् ।

गण्डकी प्रदेश सरकारले मन्त्रालय थप गर्दे

गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रीपरिषद् विस्तारसँगै बसेको पहिलो बैठकले कार्यविभाजन नियामवली २०७४ संसोधन गरी मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको हो ।

यस अघि एक मन्त्रालय थप गरेर मुख्यमन्त्री सहित ७ वटा मन्त्रालय कायम गरेको थियो भने अझै केही मन्त्रालय थप गर्ने तयारी सहित नियामवली संसोधन गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । दोस्रो पटक नियुक्त हुनु भएका गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज (बुधबार) चार मन्त्री नियुक्त गरेको छ ।

४ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेशप्रमुख सीता पौडेलले किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मगरलाई मन्त्री पदको शपथ गराएका हुन्। उनीहरूको मन्त्रालय पछि छलफलबाट टुङ्गो लगाउने बताइएको छ। किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। यसअघि खेलकुदमन्त्री रहेका दीपक मनाङ्गे भने जिल्लाबाहिर रहेकाले शपथमा अनुपस्थित बताइएको छ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…